मुख्य समाचार

विश्वकै होचा खगेन्द्र थापा मगर रहेनन्

कुनै समय विश्वकै होचा व्यक्तिकोरुपमा ख्याति कमाएका खगेन्द्र थापा मगरको शुक्रबार निधन भएको छ । उनी लामो समयदेखि छाती तथा मुटुरोगबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार दिउसो ३ बजे निधन भएको हो । अस्पताल स्रोतका अनुसार खगेन्द्र निमोनियाले ग्रस्त भइसकेका थिए । उनको स्वासप्रश्वासमा समस्या, हेमोग्लोविनको कमि र सेतो रगत बढि देखिएको उपचारमा संलग्न चिकित्सकले… पुरा पढौ

ओली-प्रचण्ड छलफलमा, टुंगिएला सभामुख ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा सभामुखबारे छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल सकारात्मक रहेको नेताहरुको भनाइ छ । शुक्रबार नेकपाले सभामुखबारे निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली सभामुख पद पूर्वमाओवादी पक्षलाई दिन… पुरा पढौ

सुन्दर घर परिवार छिनभरमै भताभुंग…

एउटा २ वर्ष अर्को ६ महिनाको बालबच्चा, श्रीमान श्रीमती दुवै मिलनसार । त्यसैमाथि अनलाईन बिजनेस । यति भएपछि कस्को घर सुन्दर हुँदैन होला ? यस्तै सुन्दर घर परिवार थियो काठमाडौं चन्द्रा गिरी नगरपालिका थानकोट बस्दै आएका विनय लामिछानेको । विनयको जन्मघर भने मकवानपुरको चित्लाङ हो । यस्तैमा माघेसंक्रान्तिको दिन उनीहरू परिवारसहित माघेसंक्रान्ति मनाउन ससुराली, माइत र ममाघर जान भनि निस्किए । विनयको ससुराली आदमघाट थियो । तर उनीहरू ससुराली नगई… पुरा पढौ

मौषमले आँखै खोलेन, पोखरा अन्धकारमय, भारी वर्षाको संकेत

पोखरामा ३ दिनदेखि निरन्तर झरी परिरहेको छ । माघ १ गते साँझदेखि पानी पर्न शुरु गरेको थियो । बिहीबार दिनभर भरि परिरह्यो । आज शुक्रबार पनि मौषम खुल्ने संकेत छैन । बिहान ९ बजे यो समाचार तयार पारिरहँदा पानी परिरहेको छ । पोखरा निकै अन्धकारमय भएको छ । वाहिरी वातावरणले गर्दा घरभित्र वत्ति बाल्नुपर्ने अवस्था सृजना भएको छ । मौषमले भारी वर्षा हुने संकेत गरेको छ । शनिबारसम्म यस्तै रहने… पुरा पढौ

पोखरा आउँदै गरेको बस र ट्रक तनहूँमा एकापसमा ठोकिएपछि…

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटना भएको छ । पोखरा आउँदै गरेको पर्यटक बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किदा भएको घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीर : रासस https://www.youtube.com/watch?v=1HEGvqVyZek&t=26s पुरा पढौ

पोखराबाट देवघाट पुगेको प्रहरी भ्यान दुर्घटना : एकको मृत्यु, ३३ घाइते

तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् । मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट गएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा… पुरा पढौ

मोडेल कलेजको बसले ठक्कर दिंदा…

धनुषामा क्याम्पस बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिदा सन्तोस ठाकुर र अनवर राईनको मृत्यु भएको हो । मंगलबार  करिब ५ :३० बजे  जनकपुर ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीका  बीचमा ढल्केबरबाट जनकपुरतर्फ गइरहेक ज१क २८३ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरका  मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीनिया गाउपालिका वडा नम्बर  ७ का  २५… पुरा पढौ

‘कास्की कांग्रेसले चुनाव हारे पनि मतमा जित्यो’

नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा समग्रमा चुनाव हारे पनि मतमा जितेको दावी गरेको छ । चुनावी समीक्षा कार्यक्रममा जिल्ला कार्यसमिति सदस्यहरू, क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा इकाइ सभापतिहरूले कतैकतै मत कम आए पनि प्रतिशतको आधारमा बढी आएको दावी गरेका छन् । उनीहरूले समग्रमा ६ प्रतिशत मत कांग्रेसको पक्षमा बढी आएको बताएका छन् । यो तथ्यांक कास्की–२ मै भएको अघिल्लो निर्वाचनको तुलनामा बढी… पुरा पढौ

सार्वजनिक हितलाई केन्द्रमा राखेर पिपिपी मोडेलमा विकास

पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातले छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाका बारेमा मंगलबार छलफल भएको हो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले महानगरले ल्याएका योजनाहरु कार्यान्वयन तहमा लैजानुपर्ने बताउँदै पिपिपी मोडेलमा… पुरा पढौ

गायक निशान भट्टराईको सडक दुर्घटनामा निधन

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । आज बिहान ४ बजे उनको निधन भएको हो । काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार मिलन मोक्तानका अनुसार दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं