माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

सुन्दर घर परिवार छिनभरमै भताभुंग…

एउटा २ वर्ष अर्को ६ महिनाको बालबच्चा, श्रीमान श्रीमती दुवै मिलनसार । त्यसैमाथि अनलाईन बिजनेस । यति भएपछि कस्को घर सुन्दर हुँदैन होला ? यस्तै सुन्दर घर परिवार थियो काठमाडौं चन्द्रा गिरी नगरपालिका थानकोट बस्दै आएका विनय लामिछानेको । विनयको जन्मघर भने मकवानपुरको चित्लाङ हो ।

यस्तैमा माघेसंक्रान्तिको दिन उनीहरू परिवारसहित माघेसंक्रान्ति मनाउन ससुराली, माइत र ममाघर जान भनि निस्किए । विनयको ससुराली आदमघाट थियो । तर उनीहरू ससुराली नगई अन्यत्रै गए ।

उनीहरू गोरखाको घ्यालचोक पुगे । माघेसंक्रान्तिको दिन पनि उनीहरू ससुराली पुगेनन् । माघ २ गते अर्थात बिहीबार जब विनय, उनकी धर्मपत्नी जमुना र उनका २ नावालक बालबच्चासहित काठमाडौं फकिंदै थिए ।

This image has an empty alt attribute; its file name is Bridge-above-Trishuli-River-near-Benighat.v1-879x516.jpg

फर्कंदै गर्दा राति हुन लागिसकेको थियो । साँझ ६ः३० बजेको थियो, उनीहरू पुलमा आउँदै गर्दा । घ्यालचोकबाट फर्कने पक्की सडक हुँदाहुँदै उनीहरू वेनीघाट, बाँदरेको झोलुंगे पुलबाट आउन खोजेका थिए । जब उनीहरू पुलमा आइपुगे अनि उनीहरूको सुन्दर घर परिवार सबै छिनभरमै भताभुंग भयो, कहालिलाग्दो घटना भयो ।

दुवै अबोध नाबालकसहित विनय र जमुना दुवै त्रिशुलीमा हामफाले । पुल अग्लो छ, हिंडडुल गर्न पनि डर लाग्छ तर विनय र जमुनालाई डर लागेन । उनीहरू हामफालि छाडे । उनीहरू हामफालेको स्थानीयले देखेका थिए । तत्कालै स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे ।

खबर पाएलगत्तै प्रहरी पनि कुनै ढिला नगरी स्थानीय र्याफ्टिङ समूहसहित घटनास्थल त्रिशुली नदीमा पुगे र नदीमा पसेर विनयको परिवारलाई खोजी गर्न थाले ।

विनयलाई जीवितै र जमुनालाई मृत अवस्थामा उद्धार भयो । तर ती अवोध २ नाबालकको अझै अत्तोपत्तो छैन । उनीहरूको शुक्रबार बिहानैदेखि खोजी भइरहेको छ । त्रिशुलीको पानी धमिलो भएका कारण खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । ती २ नावालकको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीके दावी छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जीवितै उद्धार गरिएका अन्दाजी ३८ बर्षीय बिनय हाल प्रहरी नियन्त्रणमा छन् । उनीहरू त्रिशुलीमै हामफाल्नुपर्ने कारण खुल्न नसकेको घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताएका छन् ।

यता, जमुनाले फेसबुकमा लेलेको स्टाटस अनुसार उनीहरूले मिटर ब्याजमा रकम लिएका थिए । सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दवाव दिएको र उक्त रकम तिर्न नसक्ने भएपछि सामूहिक आत्महत्याको प्रयास गरेको बुझ्न सकिन्छ ।

This image has an empty alt attribute; its file name is jamuna.jpg

उनीहरूले सञ्चालन गरेको कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

स्रोतका अनुसार जमुनाले चलाएको इम्जिर अनुमग नामक फेसबुकमामार्फत मिटर ब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारवाही गर्नुपर्ने माग गरेकी थिइन् ।

भिडियोमा पनि हेर्नुहोस्, सुन्नुहोस्