तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् ।
मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट गएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए ।
उनले भने, ‘‘दुर्घटनाको कारण खुलेको छैन । सख्त घाइतेलाई काठमाडौं लैजान हेलिकप्टर पनि तयारी अवस्थामा छ ।’’






