नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा समग्रमा चुनाव हारे पनि मतमा जितेको दावी गरेको छ ।
चुनावी समीक्षा कार्यक्रममा जिल्ला कार्यसमिति सदस्यहरू, क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा इकाइ सभापतिहरूले कतैकतै मत कम आए पनि प्रतिशतको आधारमा बढी आएको दावी गरेका छन् ।
उनीहरूले समग्रमा ६ प्रतिशत मत कांग्रेसको पक्षमा बढी आएको बताएका छन् । यो तथ्यांक कास्की–२ मै भएको अघिल्लो निर्वाचनको तुलनामा बढी हो । भेलाले पार्टीलाई सशक्त बनाउन सबै जुट्ने निर्णय गरेको छ ।
भेलामा कांग्रेस केन्द्रीय सदस्य डा. मिलेन्द्र रिजालले कास्कीमा निर्वाचन परिणाम चित्त बुझ्दो नभए पनि उपनिर्वाचनमा कांग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए ।
भेलामा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना लगायतका १५ जना नेता तथा कार्यकर्ताले बोलेका थिए ।
कार्यक्रम कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको थियो । -फाइल तस्वीर
हेरौं खेमराज पौडेलको जीवनीसम्बन्धी भिडियो






