ताजा समाचार

पौष २९ गते २०७६

गायक निशान भट्टराईको सडक दुर्घटनामा निधन

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । आज बिहान ४ बजे उनको निधन भएको हो ।

काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

संगीतकार मिलन मोक्तानका अनुसार दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

खासगरी गजल विधाको गायनका गायक भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए ।

रहेनन् गायक निशान भट्टराई

धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ समेत थिए ।

बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत रहेका भट्टराईको श्रीमती, एक छोरा एक छोरी छन् । उनको आजै पशुपती आर्यघाटमा दिउँसो १ बजे अन्त्येष्टि गरिने बताइएको छ ।

भिडियोमा पनि हेर्नुहोस्