मुख्य समाचार

अब पोखराबाटै कोरोना जाँच

आजबाट पोखरामै कोरोना जाँच हुने भएको छ । संघीय सरकारले मंगलबार बिहान प्राविधिक टोलीसहित पीसीआर मेसिन पोखरा ल्याएपछि जाँच सम्भव भएको हो । यसअघि अन्य प्रदेशमा पठाइए पनि गण्डकीमा कोरोना जाँच मेसिन पठाइएको थिएन । काठमाडौमा राखिएको मेसिन पोखरा ल्याइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन… पुरा पढौ

अढाइ करोडको राहत कोष, अति विपन्न र ज्यालादारीलाई राहात

पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश नै लकडाउन भएको अवस्थामा अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी गराएका छन् । जिसीले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिमा पोखरा नगर क्षेत्रमा रहेका… पुरा पढौ

महासंकटमा पनि धर्म परिवर्तनको आतंक, १ महिला पक्राउ

कोरोनाबारे भ्रम फैलाउने १ महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका ७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुंगानालाई ‘यशुलाई विश्वास गर्नुहोस तपाईंहरूलाई केही हुँदैन, कोरोना भाइरसले पनि छुँदैन,’ भन्दै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । भ्रम छरेको भनी स्थानीयले उजुरी गरेपछि ती महिलालाई पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । केही दिनअघि कास्कीका पनि कोरोना हटिजा भनी भ्रमपूर्ण प्रवचन दिने पास्टर पक्राउ परेका… पुरा पढौ

लकडाउनमै ८ वर्षकी बालिका बलात्कृत

सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा ८ बर्षिया नाबालिका बलात्कृत भएकी छिन् । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका बलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बालिका पीडित भएकी हुन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको… पुरा पढौ

पोखरा १७, २१ र २२ ले बनाए कोरोना रोकथाम रणनीति

पोखरा वडा नं. १७, २१ र २२ ले कोरोना रोकथाम रणनीति बनाएका छन् । आइतबार बसेको पोखरा १७ का अध्यक्ष एवं उपसमिति संयोजक तीर्थराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइन स्थलहरु पहिचानसहित अत्यावश्यक वस्तु र सेवाको उपलब्धताबारे विभिन्न निर्णय गरेको हो । बैठकमा २१ का अध्यक्ष खगराज आचार्य, २२ का अध्यक्ष मित्रलाल बराल, महानगर स्वास्थ्य महाशाखाका प्रतिनिधि सुजाता पोखरेल लगायत सहभागी थिए । बैठकले अत्यावश्यक खाद्यान्न, खाना पकाउने ग्याँस, पशुका दाना… पुरा पढौ

बुटवलको क्वारेन्टाइनमा १ को मृत्यु

बुटवल कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते भर्ना भएका थिए। उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए। nepallive.com पुरा पढौ

गरिब तथा मजदुरलाई सित्तैमा खाना

प्रदेश २ सरकारले लकडाउनभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने भएको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले यादवले जानकारी दिए ।  स्थानीय तहसँग समन्वय गरेर तत्काल लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २०  लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने… पुरा पढौ

लकडाउन लम्बिने

सरकारले लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । कोरोना संंक्रमणबाट बचाउन लागु गरिएको लकडाउनको समय १८ गते बिहानसम्म छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले एक साता लामो लकडाउन घोषणा गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प मानिसलाई घरभित्रै राख्नु भएकाले लकडाउन थप्न लागिएकोह ो । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बोलाएको मन्त्रिपरिषदको बैठकले लकडाउन थपसहित केही राहातका कार्यक्रम… पुरा पढौ

स्पेनिस राजकुमारीको मृत्यु

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ८६ वर्षीया टेरेसाको शनिबार निधन भएको हो । टेरेसामा आफ्ना सन्तान नभएकाले उनी भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको हो । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। पुरा पढौ

युवतीको हेलचेक्र्याईले बागलुङमा त्रास

बेल्जियमबाट बागलुङ आएकी कोरोना पुष्टि भएकी युवती घरमै छिन् । संक्रमण पुष्टि हुनुअघि ज्वरो आउँदा जचाउन जान नमानेको, गाउँ डुलिरहेकाले स्थानीयबासी अहिले आतंकित छन् । बागलुङ नगरपालिका मेयर जनक पौडेलले ती युवतीले सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित भएको बताए । बागलुङ नगरपालिका ४ कुँडुले घर भएकी उनी चैत्र ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन । १९ वर्षिय ती युवतीको धौलागिरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं