गरिब तथा मजदुरलाई सित्तैमा खाना

प्रदेश २ सरकारले लकडाउनभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने भएको छ ।

आइतबारको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले यादवले जानकारी दिए ।

 स्थानीय तहसँग समन्वय गरेर तत्काल लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २०  लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।

सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न प्रदेशले आग्रह गरेको छ ।