सरकारले लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । कोरोना संंक्रमणबाट बचाउन लागु गरिएको लकडाउनको समय १८ गते बिहानसम्म छ ।
नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले एक साता लामो लकडाउन घोषणा गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प मानिसलाई घरभित्रै राख्नु भएकाले लकडाउन थप्न लागिएकोह ो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बोलाएको मन्त्रिपरिषदको बैठकले लकडाउन थपसहित केही राहातका कार्यक्रम घोषणा गनऐ जनाइएको छ ।
तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिस घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने सरकारी तयारी छ ।






