स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ८६ वर्षीया टेरेसाको शनिबार निधन भएको हो ।
टेरेसामा आफ्ना सन्तान नभएकाले उनी भाञ्जा भाञ्जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको हो । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ।




