मुख्य समाचार

कोरोना कोषमा ५ करोड सहयोग

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ प्रदान गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड जम्मा गरेको हो । कर्मचारी सञ्यच कोष संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी भएसँगै बुधबार बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । पुरा पढौ

पोखराको राहत कोषमा थपियो साढे ७ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको सक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा समस्यामा परेका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने लगायतलाई राहत वितरण गर्न गत चैत १७ गते २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरी विभिन्न संघ संस्था र आम नागरिकलाई सहयोग गर्न आह्वान समेत गरेको छ… पुरा पढौ

बागलुङकी ६५ वर्षीया वृद्धा छैटौं कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बतायका छन । बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला रहेकी छन। उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन्… पुरा पढौ

कोभिड–१९ रोकथाममा जनचेतना फैलाउदै सशस्त्र

सशस्त्र प्रहरीबल मुस्ताङले हिमाली जिल्ला मुस्ताङमा नोवल कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा प्रतिकार्यका लागि जनचेतनामूलक अभियान संञ्चालन गरेको छ । सशस्त्रले अभियानसंगै कोरोना स्वास्थ्य परीक्षण लगायतको कार्यक्रम गरेको हो । सशस्त्रले लक डाउन अवधिमा मुस्ताङका विभिन्न गाउमा पुगेर माईकिङ गर्ने कामलाई निरन्तरता दिईएको छ । नागरिकलाई अडियो टेप बजाएर कोरोना भाईरसबारे सचेत गराईएको हो । सशस्त्रले थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा दिनहु माईकिङ गर्ने गरेको सशस्त्र प्रनाउ आनन्द थापामगरले जानकारी… पुरा पढौ

पोखरामा यस्ताले पाउने छन् राहत

पोखरा महानगरपालिकाले राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको हो । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रणको लागि सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ । उक्त राहत कोषबाट राहत वितरणका… पुरा पढौ

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ। मन्त्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मु्द्दा दायर भएको हो। मन्त्री ढकालविरुद्ध मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेको हो। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन्। प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत् मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका हुन्। सो पार्टीका केन्द्रीय अध्यक्ष मिलन पाण्डेले प्रदेश नम्बर ३… पुरा पढौ

रुपामा आउन जान प्रतिबन्ध

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मङ्गलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन ८ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए । ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे सोको व्यवस्था गाउँपालिकाले नै गर्ने जानकारी दिए… पुरा पढौ

मुस्ताङ : पालिकाले बुझाएनन् विदेशबाट फर्किएकाको विवरण

हाल विश्व प्यापी माहामारीको रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न जिल्ल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको सूचना र अनुरोधलाई मुस्ताङका ४ पालिकाले अटेर गरेका छन् । तर वारागुङ मुक्तिक्षेत्रले भने आजै विवरण प्रशासनलाई बुझाएको जनाईएको छ । स्थानीय प्रशासनले विदेशबाट १५ दिन अघि गृह जिल्ला मुस्ताङ फर्किएका व्यक्तिको विवरण स्थानीय तहसंग माग गरेको थियो । तर वारागुङ मुक्तिक्षेत्र आजै विवरण बुझाएको हो ।… पुरा पढौ

मुस्ताङीलाई गाउ फर्काउन सकिन ःसांसद बिष्ट

उपल्लो मुस्ताङबाट निर्वाचित प्रदशेसभा सदस्य माननीय ईन्द्रधारा बिष्ट गण्डकी प्रदेशका एक सांसद हुन् । सांसद अघि उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि समर्पित रहदै आएका बिष्ट उपल्लो मुस्ताङका एक होनाहार जन हस्ती पनि हुन् । उनले सांसद हुनुपूर्व १६ वटा युवा क्लवको अगुवाई गथ्र्ये र त्याहाका युवालाई प्रोत्साहन र उर्जा भर्ने काम गथ्र्ये। स्थानीय खेलकुदको विकास तथा सामाजिक र सास्कृतिक उत्थानमा उनको योगदान उपल्लो मुस्ताङका लागि अतुलनीयनै छ तिनै उपल्लो… पुरा पढौ

कोरोनाबाट कंगोका पूर्व राष्ट्रपतिको मृत्यु

कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोना संक्रमणबाट निधन भएको छ। ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको हो । उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई वर्तमान राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए। सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनुअघि उनले धेरै बर्ष जेल जिवन बिताए। उनले १० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताएका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं