कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ प्रदान गरेको छ ।
कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड जम्मा गरेको हो । कर्मचारी सञ्यच कोष संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी भएसँगै बुधबार बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।




