स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ। मन्त्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मु्द्दा दायर भएको हो। मन्त्री ढकालविरुद्ध मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेको हो।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन्। प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत् मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका हुन्।

सो पार्टीका केन्द्रीय अध्यक्ष मिलन पाण्डेले प्रदेश नम्बर ३ का आफ्नो सांसदले मन्त्री ढकाल विरुद्ध उजुरी दिएको बताए। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अनलाइमा उजुरी आए नआएको हेर्न नभ्याएको बताए। प्रवक्ता कोईरालाले उजुरी आएको रहेछ भने अध्ययन गरेर कसरी छानविन अघि बढाउने भन्ने विषयमा अख्तियारले निर्णय गर्ने बताए।

उजुरीमा बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सर्बत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको  आरोप लगाइएको छ।

जुरीमा लगाइएका आरोपः

१ तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको

२ बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको

३ खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको

४  मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको

५ वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको

६ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको

७, यस अघिका ठुला भ्रष्टाचार काण्डहरू ९वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि० मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको।