कोरोनाबारे भ्रम फैलाउने १ महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
माडी नगरपालिका ७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुंगानालाई ‘यशुलाई विश्वास गर्नुहोस तपाईंहरूलाई केही हुँदैन, कोरोना भाइरसले पनि छुँदैन,’ भन्दै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
भ्रम छरेको भनी स्थानीयले उजुरी गरेपछि ती महिलालाई पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
केही दिनअघि कास्कीका पनि कोरोना हटिजा भनी भ्रमपूर्ण प्रवचन दिने पास्टर पक्राउ परेका थिए ।




