सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा ८ बर्षिया नाबालिका बलात्कृत भएकी छिन् ।
रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका बलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बालिका पीडित भएकी हुन् ।
फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।




