गण्डकी सेरोफेरो

फेवातालमा १० हजार माछाका भुरा छाडियो

विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा दश हजार माछाका भुरा छाडिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमा स्थानीय प्रजातिका १० हजार भुरा छाडिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तालमा माछाका भुरा छाडिन् । पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङले स्थानीय प्रजातिका माछा लोपोन्मुख अवस्थामा पुगेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले तालको पानी फोहोर,… पुरा पढौ

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

 धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ । नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति… पुरा पढौ

पिच बाटो पर्खिदै सिक्लेसबासी

कास्कीको पर्यटकीय गाउँ सिक्लेसलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सरकारले सूचीकृत गरेसँगै यहाँको पहिलो आवश्यकताका रुपमा लिइएको पक्की बाटो बन्ने आशा जगाएको छ । लमजुङ हिमालको काखमा अवस्थित सुन्दर गाउँ सिक्लेस पर्यटकलाई लोभ्याउने गाउँ भए पनि पक्की बाटो नहुँदा अपेक्षित पर्यटक पुर्‍याउन सकिएको छैन । वरपरका हरियो वन जंगलका कारण वन्यजन्तु एवं चराचरका कारण प्रकृतिप्रेमीलाई लोभ्याउने गरेको यो गाउँमा हाल लगभग ४ सय घरधुरी छन् । कच्ची बाटोका कारण पोखराबाट… पुरा पढौ

मुस्ताङको एक्लेभट्टी पुल निर्माणमा दोषी को ?

मुस्ताङ,६ मंसिर छिमेकी जिल्ला डोल्पा लगायत वारागुङ मूक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने शाङ्ता,धाकार्जुङ,फल्याक, पाक्लिङ लगायतका गाउ जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन पक्की मोटरेबलको काम अलपत्र परेको छ ।एक वषअघि देखि पुलको कुनै काम अघि नबढ्दा स्थानीयवासीले प्राप्त गर्ने सेवा सूविधा समेत अन्योलमय बनेको हो । लामो समयदेखि पुल बन्ने छेकछन्द नदेखिएपछि स्थानीयवासीको धैर्यता टुट्न पुगेको छ ।पुल बन्ला र सहज यात्रा गर्न सकिएला भन्ने उनीहरुको सपना बेखबर बनेको हो… पुरा पढौ

महिला फुटबल टोली राजधानीतिर

गण्डकी प्रदेशको महिला फुटबल टोली छैटौं प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले बिदाइ गरेका हुन । मंसिर ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने १८ सदस्यीय टिममा साबित्री किसान, जिनमाया थापामगर, पुष्पा गुरुङ, रेणुका हमाल, पविता थापामगर, मनिसा पगेनी, धनमाया गुरुङ, मनमाया परियार, पार्वती रानामगर, रिया… पुरा पढौ

अल्लोबाट घर खर्च

वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो । अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, पछ््यौरा लगायतका सामग्री बनाउछन् । ‘धेरै सामान गाउँमै बिक्री हुन्छ’, उद्यमी जस्मती रोकाले भनिन् । “माग… पुरा पढौ

किराँत सेवा समाजमा अक्षय कोष

किराँत सेवा समाज कास्कीले २ लाख ८१ हजार ५ सय २१ को सहयोग कोष स्थापना गरेको छ । समाजले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २ लाख ८१ हजार ५ सय २१ रुपैयाको सहयोग कोष स्थापना गरेको हो । गत शनिवार किराँत सेवा समाज कास्कीको प्राङगण पोखरा १५ टुटङ्गामा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको थियो । देउसीभैलो कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो… पुरा पढौ

घरपझोङ गाउपालिकाद्धारा अतिरिक्त क्रियाकलाप

मुस्ताङको घरपझोङ गाउपालिका कार्यालय जोमसोमले अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको छ । अन्तर बिद्यालय स्तरिय निवन्ध तथा चित्रकला प्रतियोगितामा गाउँपालिका कुल ९ वटा बिद्यालयले सहभागिता जनाए । प्रतियोगिताको छात्रतर्फ जनहित माध्यमिक विद्यालयका मनबहादुर बिक प्रथम,धौलागिरी आवासीय माविका पेमा वाङ्गेल गुरुङ दोश्रो र जनकल्याण आधारभुत बिद्यालयका अनिश चौधरी तेश्रो भए ।छात्रतर्फ धौलागिरिकी प्रियङ्का भर्ती प्रथम,जनहित माविकी वर्षा लामगाडे दोश्रो र जनवाल माविकी दिया गौचन तेश्रो भईन् ।… पुरा पढौ

गाउ र गाउपालिकाको सपना हाईअल्टिच्यूट तालिमकेन्द्र

सुन्दरकुमार थकाली मुस्ताङ,३ मंसिर मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका र छेङ्गूरवासीको यतिबेला एउटै सपना छ ,गाउमा उच्चशिखर अर्थात (हाईअल्टिच्यूट) खेलग्राम तालिमकेन्द्र बनोस् ।यो छेङ्गूरवासीको धेरै पहिलेको सपना थियो ।उनीहरुले यसका लागि बेलाबेलामा गाउँमाथिको छेङ्गूर आधारभूत बिद्यालय अगाडीको पाखो सम्याउदै स्तरोन्नति गर्दै आए ।अहिले यहि सपना पूरा गर्न गाउँपालिकाले समेत सक्रियता देखाएको छ ।गाउँपालिकाको समन्वयमा गाउबासी,क्लव र आमा समूहले समेत बिभिन्न आर्थिक श्रोत निर्माण जुटाएर हाईअल्टिच्यूट खेल मैदान सम्याउने देखि फराकिलो बनाउनेकार्य… पुरा पढौ

गोली र खुकुरीले श्रीमती र छोराको हत्या

रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं