गण्डकी सेरोफेरो

सो रुमबाटै स्कुटर चोर्ने पक्राउ

पोखरा उत्तमचोककोे होन्डा स्वरुमबाट चोरी भएको स्कुटर २० घण्टापछि प्रहरीले फेला पारेको छ । वडा प्रहरी रामबजारको टोलीले बिहीबार दिउँसो पोखराको अमरसिंहचोकबाट स्कुटरसहित १ जनालाई पक्राउ गरेको हो । अमरसिंह माविको गेट नजिकैबाट दार्चुला घर भई हाल अमरसिंह चोक बस्ने मदन रावललाई स्कुटरसहित पक्राउ गरिएको हो । रावतलबाथि आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । पोखरा गणेशटोल बस्ने वविसरा रानामगरले बुधवार… पुरा पढौ

जिल्ला क्रिकेट संघ पर्वतमा रेशम

जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशमबहादुर केसी निर्विरोध भएका छन । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा बसेको भेलाले केसीलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दीपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन भने सदस्यमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल छन् । विशेष सल्लाहकारमा शिव शर्मा बास्तोला र मोहन आचार्य छन् । अध्यक्ष केसीले विगतमा धेरै क्रिकेट प्रतियोगिता आयोजना… पुरा पढौ

इन्जिनियरलाई लाग्यो चुनाव

देशैभरका इन्जिनियरलाई चुनाव लागेको छ । नेपाल इन्जिनियर्स एसोसियसन केन्द्र र प्रदेश कमिटीहरुको चुनाव मंसिर २८ गते हुँदै छ । गण्डकी प्रदेशमा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस निकट २ प्यानल बनाएर इन्जिनियरहरु चुनावमा होमिएका छन् । दुवै प्यानल प्रचारप्रसार र मतदातासँग मत माग्न व्यस्त छन् । वौद्धिक क्षेत्रमा आफूहरुको पकड रहेकाले जित्ने डेमोक्रेटिकको दाबी छ भने संगठन सृदृढ भएकाले र देशकै आफूहरुको एजेन्डा रहेकाले विजयी हुने प्रोग्रेसिभको जिकिर छ… पुरा पढौ

सफल एक्स्पोको तयारी धमाधम

सफल एक्स्पो पोखरा तथा तेस्रो मोबाइल मेला २०७५ को तयारी भइरहेको छ । एक्स्पो पोखरा उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप हो । एक्स्पोका लागि गठित विभिन्न उपसमितिले आफ्ना जिम्मेवारी अनुरुपका तयारी गरिरहेका छन् । उत्पादक र उपभोक्तालाई एउटै स्थालमा भेला गराएर आर्थिक समृद्धि गर्न मेला आयोजना गरिएको हो । मेला मंसिर १३ देखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ । एक्स्पोको टाइटल… पुरा पढौ

लक्ष्मण पौडेल ‘गिनिज बुक’ मा

पर्वतको कुश्मा २ खुर्कोटका लक्ष्मण पौडेल ‘गिनीज बुक अफ वल्र्ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन् । पौडेलले वैदेशिक रोजगारीका क्रममा दुबहीमा हुँदा ७ दिनसम्म लगातार साइकल चलाएर गिनीज बुकमा नाम राखेका हुन् । दुबहीको ‘फ्ल्याग डे’ को अवसरमा सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी एजेन्सीले आयोजना गरेको साइकल चलाउने प्रतिस्पर्धामा पौडेललाई अन्य ६ जनाले साथ दिएका थिए । पौडेलको टोलीले साइकल चलाएर १ हजार ९ सय ७१ किलोमिटरको दूरी १ सय… पुरा पढौ

पर्यटकले लगाए भाइटीका

पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि भाइटीका महोत्सव गरेको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा विभिन्न १० देशका ६० पर्यटकले टीका ग्रहण गरेका थिए । महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए । रेन्बो चिल्ड्रन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले १२ औं भाइटीका महोत्सव गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा… पुरा पढौ

बंगुर पालेर मालामाल

स्याङ्जाको वालिङ १३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । मलेसियामा ७ वर्ष बिताएका विकले ४ वर्षअघि केबिएसबी ब)गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा २ रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए । ‘सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ,’ विकले भने, ‘अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको छु ।’ विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी… पुरा पढौ

सुर्के मैदान सिर्जनशील क्लबमा राजाराम

सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ मा राजाराम पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशनबाट निर्वतमान अध्यक्षमा प्रकाश पौडेल, वरिष्ठ उपाध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा सुरज पौडेल, सचिवमा ईश्वर अधिकारी, सहसचिवमा रवि पौडेल र कोषाध्यक्षमा दिनेश लामिछाने चयन भएका छन् । सदस्यमा लक्ष्मी, पौडेल, विनोद रानाभाट, किरण पौडेल, शुष्मा रानाभाट, शान्ति रानाभाट, प्रदीप अधिकारी, सुदीप पौडेल, दीपक पौडेल र विनोद पौडेल चुनिए । राजेन्द्र पौडेलको संयोजकत्वमा शुक्रराज… पुरा पढौ

‘तिहारको खेल, मज्जाको खेल’सकियो

पोखराको बिग एफएमले तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेमसो ‘तिहारको खेल मज्जाको खेल’यस वर्ष पनि आयोजना ग¥यो । कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम सो २२ गते गोबद्र्धन पूजासम्म चल्यो । ३ दिनसम्म सहभागीमध्ये करिब १ दर्जनले ५६ हजार बढी जिते । मुग्लिनका थमन थापाले सबैभन्दा बढी २० हजार जिते । झलक खत्रीले २ हजार, नन्दबहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते… पुरा पढौ

बूढीगण्डकी डुबान क्षेत्रवरपर चक्रपथ

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १ सय किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए । आयोजनावरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । प्रमुख कार्कीले भने,‘आउँदो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं