जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशमबहादुर केसी निर्विरोध भएका छन ।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा बसेको भेलाले केसीलाई अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दीपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन भने सदस्यमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल छन् ।
विशेष सल्लाहकारमा शिव शर्मा बास्तोला र मोहन आचार्य छन् ।
अध्यक्ष केसीले विगतमा धेरै क्रिकेट प्रतियोगिता आयोजना गरेको उल्लेख गर्दै गत हप्ता (यू १९) धवलागिरी कप सम्पन्न गरेको उल्लेख गरे ।