मुस्ताङको घरपझोङ गाउपालिका कार्यालय जोमसोमले अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको छ ।
अन्तर बिद्यालय स्तरिय निवन्ध तथा चित्रकला प्रतियोगितामा गाउँपालिका कुल ९ वटा बिद्यालयले सहभागिता जनाए । प्रतियोगिताको छात्रतर्फ जनहित माध्यमिक विद्यालयका मनबहादुर बिक प्रथम,धौलागिरी आवासीय माविका पेमा वाङ्गेल गुरुङ दोश्रो र जनकल्याण आधारभुत बिद्यालयका अनिश चौधरी तेश्रो भए ।छात्रतर्फ धौलागिरिकी प्रियङ्का भर्ती प्रथम,जनहित माविकी वर्षा लामगाडे दोश्रो र जनवाल माविकी दिया गौचन तेश्रो भईन् ।
त्यस्तै,चित्रकला प्रतियोगिताको छात्रतर्फ धौलागिरिका ह्दयश थकाली प्रथम,निलगिरि आधारभूत बिद्यालका प्रकाश घले दोश्रो र मूक्ति नमूना आधारभूत बिद्यालका सरोज बिक तेश्रो भए ।छात्र चित्रकलातर्फ धौलागिरिकी याङ्जिन ढोेका गुरुङ प्रथम,जनवाल माविकी मनिका परियार दोश्रो र जनहित माविकी करुणा तामाङ तेश्रो भईन् ।
प्रतियोगिताको निवन्ध तर्फ उत्कृष्ट छात्र,छात्रा प्रथम ,दोश्रो र तेश्रो भएका विद्यार्थीले जनही ३ हजार,२ हजार ५ सय र २ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।त्यस्तै चित्रकला तर्फ उत्कृष्ट प्रथम ,दोश्रो र तेश्रो भएका छात्र ,छात्रा बिद्यार्थीले २ हजार ,१ हजार ५ सय र १ हजारसहित प्रमाणपत्रले सम्मान भए ।
संघीय संरचना अन्तर्गत महिला तथा वालवालिका कार्यालय खारेज भएपछि गाउँपालिकाले पहिलो पटक बिद्यार्थीको कार्यक्रम गरेको महिला बिकास निरीक्षक सरिता थकाली बताईन् ।
गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बिद्यार्थीको अन्तर निहित प्रतिभा प्रस्फुटन विगत र बर्तमानको अवस्थालाई ध्यानमा राखेर यसप्रकारको कार्यक्रम आयोजना गरिने बताए ।गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले वालमैत्री वातावरण घरदेखिनै सुरुवात गर्नुपर्ने बताईन् ।वालवालिकाको अन्तर निहित बिकासका लागि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दे आएको उल्लेख गर्दै यसमा गाउपालिकाले समेत कार्यक्रम ल्याउने जनाईन् ।
त्यस्तै,जनहित विद्यालका प्राचार्य रामचन्द्र अधिकारीले मुस्ताङ जिल्ला वालअधिकारका लागि सचेत रहेको खुलाए ।उनले वालवालिकाले अधिकारका साथै कर्तव्य र दायित्वको समेत बोध हुनुपर्ने सुझाए ।
कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत मैया केडेल ,वडाअध्यक्ष यमप्रसाद थकाली लगायत विभिन्न वालक्लवका पदाधिकारी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।गाउपालिका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन महिला बिकास निरीक्षक सरिता थकालीले गरेकी थिईन् ।