सफल एक्स्पो पोखरा तथा तेस्रो मोबाइल मेला २०७५ को तयारी भइरहेको छ । एक्स्पो पोखरा उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप हो ।
एक्स्पोका लागि गठित विभिन्न उपसमितिले आफ्ना जिम्मेवारी अनुरुपका तयारी गरिरहेका छन् । उत्पादक र उपभोक्तालाई एउटै स्थालमा भेला गराएर आर्थिक समृद्धि गर्न मेला आयोजना गरिएको हो ।
मेला मंसिर १३ देखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ । एक्स्पोको टाइटल स्पोन्सर यो पटक पनि पोखरेली औद्योगिक घराना लक्ष्मी समूहले गरेको हो । संघको कार्यसमिति बैठकले एक्स्पो सफल बनाउन अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न २४ उपसमिति गठन गरेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष तथा प्रायोजक व्यवस्थापन उपसमिति संयोजक नारायण कोइरालाका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन तथा व्यापारिक घरानाले एक्सपोप्रति चासो व्यक्त गरेका छन् ।
‘उत्पादन उपभोक्तासम्म पु¥याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको निरन्तरता भएकाले पनि उत्पादकहरू एक्सपोसँग सहकार्य गर्न इच्छुक छन्’, उनले भने, ‘उत्पादकको सकारात्मक सहयोगले हामी उत्साहित छौं ।’
संघका महासचिव तथा प्रचारप्रसार संयोजक अर्जुन पोखरेलका अनुसार एक्स्पोलाई अन्य मेला÷महोत्सवभन्दा फरक बनाइदै छ । ‘हामी एक्स्पोलाई मनोरञ्जनात्मक भन्दा पनि उद्देश्य अनुरुप अगाडि बढाउने योजनामा छौं,’ उनले भने, ‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउने र समग्र गण्डकी प्रदेशको आर्थिक क्षेत्र चलायमान बनाउन चाहन्छौं ।’
स्टल व्यवस्थापन उपसमितिका संयोजक विन्दु कोइराला सुवेदी, यातायात व्यवस्थापन उपसमितिका संयोजक हर्कबहादुुर अधिकारी, हस्तकला व्यवस्थापन उपसमिति संयोजक कुमारी मुना बास्तोला, रेस्टुरेन्ट व्यवस्थापन उपसमिति संयोजक नगेन्द्रप्रसाद सुवेदी, स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजक रुद्रप्रसाद लुइटेल, ब्यानर व्यवस्थापन उपसमिति संयोजक चिनुकुमारी गुरुङ, उपहार व्यवस्थापन उपसमिति संयोजक ऋषिराम शर्मा भण्डारी, बाल उद्यान व्यवस्थापन उपसमिति संयोक हरिराज पन्त र टिकट व्यवस्थापन उपसमिति संयोजक तारानाथ ढुंगानाले आफू मातहत गठित उपसमितिको बैठक बसी एक्स्पोलाई सफल बनाउन निर्णय गरेका छन् । अतिथि सत्कार उपसमितिको जिम्मा निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई दिइएको छ ।
सांस्कृतिक व्यवस्थापन उपसमितिमा केशवबहादुर खत्री, विद्युत तथा टेलिफोन व्यवस्थापनमा रामेश्वर अधिकारी, मञ्च÷समारोह व्यवस्थापनमा कार्यसमिति सदस्य चिन्तामणि बास्तोलालाई संयोजकको जिम्मेवारी दिइएको छ । कार्य समितिका सदस्यहरू नगेन्द्रप्रसाद सुवेदी, हरिहर सापकोटा, हरिराज पन्त, तारानाथ ढुंगाना र कुमारी मुना बास्तोलालाई क्रमशः रेष्टुरेण्ट, पार्किङ, बाल उद्यान, टिकट र हस्तकला व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।
खानेपानी तथा वातावर एवं सरसफाइमा सोबित पौडेल, मूलद्वारमा दिनेशचन्द्र बास्तोला, स्वास्थ्यमा रुद्रप्रसाद लुईँटेल र स्थानीय समवन्य उपसमितिमा बलराम आचार्य, यातायात व्यवस्थापनमा हर्कबहादुर अधिकारी, प्रकाशन तथा उपहारमा ऋषिराम शर्मा भण्डारी, पर्यटनमा कृतिबल्लभ त्रिपाठी, कृषि व्यवस्थापनमा श्रीप्रसाद घले तथा उद्योग समन्वय उपसमिति संयोजकको जिम्मेवारी सुरेशबहादुर श्रेष्ठले पाएका छन् ।