गण्डकी सेरोफेरो

पर्यटकले लगाए भाइटीका

पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि भाइटीका महोत्सव गरेको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा विभिन्न १० देशका ६० पर्यटकले टीका ग्रहण गरेका थिए । महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए । रेन्बो चिल्ड्रन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले १२ औं भाइटीका महोत्सव गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा… पुरा पढौ

बंगुर पालेर मालामाल

स्याङ्जाको वालिङ १३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । मलेसियामा ७ वर्ष बिताएका विकले ४ वर्षअघि केबिएसबी ब)गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा २ रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए । ‘सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ,’ विकले भने, ‘अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको छु ।’ विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी… पुरा पढौ

सुर्के मैदान सिर्जनशील क्लबमा राजाराम

सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ मा राजाराम पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशनबाट निर्वतमान अध्यक्षमा प्रकाश पौडेल, वरिष्ठ उपाध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा सुरज पौडेल, सचिवमा ईश्वर अधिकारी, सहसचिवमा रवि पौडेल र कोषाध्यक्षमा दिनेश लामिछाने चयन भएका छन् । सदस्यमा लक्ष्मी, पौडेल, विनोद रानाभाट, किरण पौडेल, शुष्मा रानाभाट, शान्ति रानाभाट, प्रदीप अधिकारी, सुदीप पौडेल, दीपक पौडेल र विनोद पौडेल चुनिए । राजेन्द्र पौडेलको संयोजकत्वमा शुक्रराज… पुरा पढौ

‘तिहारको खेल, मज्जाको खेल’सकियो

पोखराको बिग एफएमले तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेमसो ‘तिहारको खेल मज्जाको खेल’यस वर्ष पनि आयोजना ग¥यो । कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम सो २२ गते गोबद्र्धन पूजासम्म चल्यो । ३ दिनसम्म सहभागीमध्ये करिब १ दर्जनले ५६ हजार बढी जिते । मुग्लिनका थमन थापाले सबैभन्दा बढी २० हजार जिते । झलक खत्रीले २ हजार, नन्दबहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते… पुरा पढौ

बूढीगण्डकी डुबान क्षेत्रवरपर चक्रपथ

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १ सय किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए । आयोजनावरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । प्रमुख कार्कीले भने,‘आउँदो… पुरा पढौ

पोखराका सबैजसो वडाबाट कर संकलन

नयाँ कार्यविधि अनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश दिएपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो । पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३० र ३१ बाट कर संकलन सुरु भएको छ । वडा नम्बर ५,… पुरा पढौ

तातोपानीमा शव फेला

माछापुच्छ्रे गाउँपालिका २ तातोपानी स्थित सेती नदी खोलामा एक महिलाको शव फेला परेको छ । लास ढुंगामा अड्किएको अवस्था शव फेला परेको तर मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे खबर हुनासाथ प्रहरी खटिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरा पढौ

गण्डकी प्रदेशमा ४ सय नमुना फार्म

किसानलाई कृषि पेसामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४ सय नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री… पुरा पढौ

नेकपा, कांग्रेसको विकल्प हामी : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सत्तारुढ पार्टीका क्रियाकलापले जनतालाई निराश पार्दै गएको र प्रतिपक्षी नेपाली कांग्रेस पनि सशक्त हुन नसकेको दाबी गरेका छन् । उनले यी दुवै शक्ति असफल हुँदै गएकाले अबको विकल्प विवेकशील साझा पार्टी बनेको जिकिर गरे । उनले गएको निर्वाचनमा सत्तारुढ नेकपालाई जनताले मौका दिएको र त्यही मौका पनि निराशाको संकेत देखाएको बताए । ‘सत्तारुढ पार्टीले आशाको संकेतमात्रै होइन पूर्णतया निराशााको संकेत छोडेको छ,’ उनले… पुरा पढौ

प्रहरीको लोकतान्त्रिकीकरण जरुरी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीको लोकतान्त्रिकीकरण हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयको आयोजनामा आइतबार पोखरामा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रममा उनले शासन सत्ता टिकाउनका लागि शासकहरूले नेपाल प्रहरीको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसको लोकतान्त्रिकीकरण हुनु आवश्यक भएको औंल्याए । राजनीतिकीकरणबाट प्रहरीलाई मुक्त गर्दै यसको छवि राम्रो बनाउनुपर्नेमा उनको जोड थियो । संघीय व्यवस्थाअनुरुप प्रदेशको सुरक्षा व्यवस्था प्रदेशको मातहतमा आउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसका लागि साबिकको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं