पोखराको बिग एफएमले तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेमसो ‘तिहारको खेल मज्जाको खेल’यस वर्ष पनि आयोजना ग¥यो ।
कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम सो २२ गते गोबद्र्धन पूजासम्म चल्यो । ३ दिनसम्म सहभागीमध्ये करिब १ दर्जनले ५६ हजार बढी जिते ।
मुग्लिनका थमन थापाले सबैभन्दा बढी २० हजार जिते । झलक खत्रीले २ हजार, नन्दबहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते । दोस्रो दिन सीता गुरुङले १२ हजार, रमिला भुषालले १० हजार, शान्तिगौतमले ५ हजार र गोरखा मनकामनाका बिबेश थापा मगरले ५ सय जितेका थिए ।
पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका थिए । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाए ।
यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकसँगको सहकार्यमा यो गेमसो भएको हो ।