सुर्के मैदान सिर्जनशील क्लबमा राजाराम

सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ मा राजाराम पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशनबाट निर्वतमान अध्यक्षमा प्रकाश पौडेल, वरिष्ठ उपाध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा सुरज पौडेल, सचिवमा ईश्वर अधिकारी, सहसचिवमा रवि पौडेल र कोषाध्यक्षमा दिनेश लामिछाने चयन भएका छन् ।

सदस्यमा लक्ष्मी, पौडेल, विनोद रानाभाट, किरण पौडेल, शुष्मा रानाभाट, शान्ति रानाभाट, प्रदीप अधिकारी, सुदीप पौडेल, दीपक पौडेल र विनोद पौडेल चुनिए ।

राजेन्द्र पौडेलको संयोजकत्वमा शुक्रराज अधिकारी र शिवबहादुर भुजेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन गराएको हो । क्लबका सल्लाहकारमा वैनबहादुर अधिकारी क्षेत्री, राजेन्द्र पौडेल, मनोहरि पौडेल, बुद्धिराज बराल, युवराज पौडेल तथा प्रेस सल्लाहकारमा माधव बराल र कानुनी सल्लाहकारमा शिवबहादुर भुजेल छन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले रोयल ट्रेकको रुपमा परिचित पोखरा २८ कालिकाको पर्यटन प्रवद्धन गर्न क्लबमार्फत गतिविधि अघि बढाउने बताए ।

कार्यक्रमा जिल्ला समन्वय समिति कास्की प्रमुख वैनबहादुर क्षेत्रीले क्लबले गर्ने हरेक गतिविधिमा साथ दिने बताए । महानगर भएर पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो स्थानीयले गर्ने गरेको भन्दै गुनासा विस्तारै हल भएर जाने विश्वास उनले दिलाए ।

नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले राम्रो काममा सबै एकढिक्का हुनुपर्ने बताए ।

पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले पोखरा २८ का विभिन्न ठाउँलाई जोड्ने सडक पूर्वाधार निर्माण कार्य भइरहेको बताए ।