पर्यटकले लगाए भाइटीका

पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि भाइटीका महोत्सव गरेको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा विभिन्न १० देशका ६० पर्यटकले टीका ग्रहण गरेका थिए ।

महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए । रेन्बो चिल्ड्रन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले १२ औं भाइटीका महोत्सव गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्देश्य समेत महोत्सवले लिएको थियो ।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको थियो ।

भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहो¥याएर समेत टीका लगाउन पोखरा आउन थालेका छन् । भाइटीका महोत्सव पर्यटकका लागि नयाँ प्रडक्ट समेत बन्न थालेको महोत्सवका संयोजक पार्वती पाण्डेले बताइन् ।