गाउ र गाउपालिकाको सपना हाईअल्टिच्यूट तालिमकेन्द्र

सुन्दरकुमार थकाली
मुस्ताङ,३ मंसिर
मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका र छेङ्गूरवासीको यतिबेला एउटै सपना छ ,गाउमा उच्चशिखर अर्थात (हाईअल्टिच्यूट) खेलग्राम तालिमकेन्द्र बनोस् ।यो छेङ्गूरवासीको धेरै पहिलेको सपना थियो ।उनीहरुले यसका लागि बेलाबेलामा गाउँमाथिको छेङ्गूर आधारभूत बिद्यालय अगाडीको पाखो सम्याउदै स्तरोन्नति गर्दै आए ।अहिले यहि सपना पूरा गर्न गाउँपालिकाले समेत सक्रियता देखाएको छ ।गाउँपालिकाको समन्वयमा गाउबासी,क्लव र आमा समूहले समेत बिभिन्न आर्थिक श्रोत निर्माण जुटाएर हाईअल्टिच्यूट खेल मैदान सम्याउने देखि फराकिलो बनाउनेकार्य गरिरहेका छन् ।

गाउँमा उच्चशिखर खेलग्राम बन्यो भने हाम्रो गाउँको बिकास हुन्छ,अनि पर्यटनक्षेत्रमा समेत श्रीबृद्धि हुन्छ भन्ने उनीहरुको मनसाय छ ।अहिले उनीहरु यही सपनामा आशावादी भएर पर्खाईमा बसेका छन्।नजिकैको ५ सय मिटर पर मूक्तिनाथ मन्दिर अवस्थित रहेपनि आफ्नो गाउ ओझेलमा परेको पीडाँ उनीहरुमा छ । यसकोे माध्यमबाट गाउँमा हाईअल्टिच्यूट खेलकुद तालिककेन्द्रको बिकास गर्न सकियोस् भनेर लागि परेको मूखिया चप्के गुरुङको सोच छ ।

‘नजिकै रहेको मूक्तिनाथ रानीपौवामा पर्यटकको रौनक छ,हाम्रो गाउ गुमनाम छ ।,अब त हामीले खेलकुद हाईअल्टिच्यूटको निकै धेरै पूर्वाधार बनाईसकेका छौ, प्रदेश सरकारले केही गरिदिए हून्थ्यो ।’आशावादी हुँदै गुरुङले भने,यसका लागि हाम्रो हरेक प्रकारको सहयोग र समर्थन रहन्छन् ।’उनका अनुसार छेङ्गुर गाउ माथिको पाखो हाईअल्टिच्यूट खेलकुद मैदानका लागि उपयूक्त सुहाउदो स्थान रहेको भएको दावी गरे ।उनले छेङ्गुर गाउ रिङरोडले जोडिएको ,अन्नपूर्ण पदमार्ग हुदै पर्यटक थोरङ्लापास गदै आईपूग्ने स्थान भएकाले यहाको भूगोल उपयूक्त भएको जानकारी दिए ।

छेङ्गुर गाउ माथिको विद्यालय अगाडी गाउँपालिका र गाउबासीले यसका लागि करिव २ सय मिटर लामो खाली जग्गा सम्याएर फराकिलो बनाएका छन् ।गाउमाथिको पूर्वतर्फ ठूलो चट्टाने पहाड अवस्थित छ । दायाबाया केहीपर खानेपानीको श्रोत र संस्कृतिक संरचना छ ।तर खेलकुद स्टूडियम निर्माणका लागि पूर्वतर्फ खाली जग्गा छन् ,जसलाई सम्याए मात्रै पुग्छ ।मुस्ताङ अन्यस्थान जस्तो ज्याद्रो हावाहुरी नचल्ने भएकाले पनि यस स्थान पारिलो र सन्तूलित रहेको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।उनका अनुसार स्थानीयतह, गाउबासी,यूवाक्लव र आमा समूहले खेलमैदान निर्माणका लागि २० लाख लगानी गरिसकेको बताए ।

‘प्रदेश सरकारले हाईअल्टिच्यूट खेलकुद स्टूडियम निर्माणका लागि स्थान छनौट प्रक्रिया अघि बढाएको छ ।यसका लागि गाउपालिकाले ५ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ’,रेग्मीले भने,‘यसबारे प्रदेश सरकार संग सहमति भएको छ ।निकट भबिष्यमै प्रदेशको चाहना अनुसारको स्टूडियम निर्माण गर्न हामी आतूर छौ ।’उनले तालिम केन्द्रको स्थान छनौट गर्ने क्रममा रहेको र यसबारे प्रदेश मन्त्रीपरिषदमा समेत कुरा राख्ने आश्वासन पाएको जानकारी दिए ।

यसअघि हिमाली तथा उच्चपहाडी जिल्लामा अन्तराष्ट्रिय स्तरका खेलाडी भित्र्याएर उच्चस्थानको हावापानी र तापक्रम संग प्रत्यक्ष घुलमिल गराई नेपाली खेलकुद क्षेत्रको बिकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले मुस्ताङका बिभिन्न स्थानमा यसको संम्भाव्यता अध्ययन तथा प्रतिबेदन तयार गर्नेकार्य सुरु गरेको थियो ।यसअघि प्रदेश सरकारले हाईअल्टिच्यूट खेल स्टूडियमका लागि १ करोड बिनियोजन गरिसकेको छ ।सामाजिक बिकास मन्त्रालयको टोलीले उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा स्थान छनौट तथा संम्भाव्यता अध्ययन गरेको थियो ।

उपल्लो मुस्ताङको चराङ र किम्लिङ भैराखर्क,वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाको छेङ्गुर र थासाङ गाउँपालिकाको टिटीगरि ४ स्थानमा अध्ययन संम्पन्न गरेको हो ।प्रदेशमा अन्तराष्ट्रिय स्तरको २ वटा हाईअल्टिच्यूट तालिमकेन्द्र स्टूडियम निर्माण गर्ने योजना रहेको र यसका बिज्ञ टोली मुस्ताङ आएको प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जनाए ।२ हजार मिटर देखि माथि एक र ३ हजार मिटर देखि माथि अर्को स्टूडियम निर्माण गर्ने सोच रहेको बिष्टको भनाई छ ।यसको संम्भाव्यता अध्ययनका लागि सामाजिक बिकास मन्त्रालयका उपसचिव दामोदर सुबेदीको टोली मुस्ताङ आएका थिए ।

अन्तराष्ट्रिय हाईअल्टिच्यूट तालिमकेन्द्र पूर्वाधारका लागि मुस्ताङ,मनाङ,बाग्लुङ र गोर्खामा यसको अध्ययन संम्पन्न भईसकेको छ ।प्रदेशले यसप्रकारको पूर्वाधार निर्माणगरि हिमाली तथा उच्चपहाडी उच्चलेक भूगोल र हावापानी संग परिचित गराई खेलकुद क्षेत्रको बिकास तथा पर्यटन प्रर्वधनमा जोड दिने योजना बनाएको सांसद बिष्टले जानकारी दिए ।मुस्ताङमा यसप्रकारको तालिमकेन्द्र निर्माण भएमा यहाको खेलकुद बिकास तथा म्याग्दी,पर्वत,बाग्लुङ र कास्की जिल्लाको पर्यटन प्रर्वधनमा सहयोग पुग्ने छ ।