लक्ष्मण पौडेल ‘गिनिज बुक’ मा

पर्वतको कुश्मा २ खुर्कोटका लक्ष्मण पौडेल ‘गिनीज बुक अफ वल्र्ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन् ।

पौडेलले वैदेशिक रोजगारीका क्रममा दुबहीमा हुँदा ७ दिनसम्म लगातार साइकल चलाएर गिनीज बुकमा नाम राखेका हुन् । दुबहीको ‘फ्ल्याग डे’ को अवसरमा सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी एजेन्सीले आयोजना गरेको साइकल चलाउने प्रतिस्पर्धामा पौडेललाई अन्य ६ जनाले साथ दिएका थिए ।

पौडेलको टोलीले साइकल चलाएर १ हजार ९ सय ७१ किलोमिटरको दूरी १ सय ५३ घण्टा २३ मिनेटमा पार गरे । उनलाई दुबही सिराका कार्यकारी निर्देशक एचइ खलिफाले गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ को प्रमाणपत्र प्रदान गरेका छन् ।