दिनेश फोरम फर हेल्थ एन्ड टेक्निकल उपाध्यक्ष

सिटिइभिटी अन्तगर्तका प्राविधिक कलेजहरुको छाता संगठन फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सको केन्द्रीय उपाध्यक्षमा पोखराका दिनेशबाबु खड्का निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश अध्यक्षमा टंकप्रसाद अधिकारी निर्वाचित भए । खड्का फेवा सिटी इन्स्टिच्युट अफ मेडिकल साइन्सका सञ्चालक हुन् भने अधिकारी पोखरा टेक्निकल हेल्थ एन्ड मल्टी पर्पाेज कलेजका अध्यक्ष हुन् ।

शनिबार र आइतबार राजधानीमा भएको छैटौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले २ वर्षे कार्यकालका लागि खगेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।