पोखराबाट ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म सिधा पर्यटक जिप सेवा सुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जिप सेवा सञ्चालनमा ल्याएको हो ।
जिप सेवाको मंगलबार सोलासत्तर गाउँपालिका अध्यक्ष प्रेम घलले शुभारम्भ गरे । घलेले जिप सेवाले ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म पुग्ने पर्यटकको संख्यामा वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
पोखरा र घलेगाउँ जाने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने गरी जिप सञ्चालनमा ल्याइएको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘घलेगाउँ र पोखरा आवतजावत गर्ने पर्यटकलाई अब सजिलो हुनेछ,’ उनले भने ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा उपाध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले बोलेका थिए । समितिका उपाध्यक्ष विज्ञान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
पोखरा घलेगाउँको भाडा प्रति यात्रु ७ सय ५० रुपैयाँ रहेको जिप इकाइका प्रमुख गोपी लामिछानेले जानकारी दिए ।