पोखरामा मानवअधिकार महाभेला

७० औं विश्व मानवअधिकार दिवसकोअवसरमा पोखरामा गण्डकी प्रदेश स्तरीय मानवअधिकार महाभेला हुने भएको छ ।शान्तिका लागि नागरिक समाज सञ्जालको आयोजनामा भएको राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय र मानवअधिकारको क्षेत्रमा क्रियाशील संघ, संस्थाको भेलाले महामेला गर्ने निर्णय गरेको हो ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको संयोजकत्वमा नेपाल पत्रकार महासंघ , बार एसोसियसन , वन उपभोक्ता महासंघ, अपांग महासंघ , एम्नेस्टी इन्टरनेसनल अन्नपूर्ण समूह ५४ र ८२ , महिला मानवअधिकार रक्षक सञ्जाल, गैरसरकारी संस्था महासंघ, मानवअधिकार एलायन्स,मानव अधिकार संरक्षण मञ्च मानवअधिकार रक्षक संरक्षण तथा प्रर्बद्धन केन्द्र, ग्रिन अर्गनाइजेसन नवलपुर र सञ्जालसँग आवद्ध संघ, संस्थासदस्य रहेकोमानवअधिकार महाभेला मूल आयोजक समिति भएको छ ।

भेलाले १६ दिने लैगिंक हिंसा विरुद्धको अभियानका सन्दर्भमा डिसेम्बर ६ तारिखमा महिला हिंसा र मनोसामाजिक स्वास्थ्यका बिषयमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ । डिसेम्बर ७ मा मानव बेचबिखन र बाल यौन दुर्व्यबहार बिरुद्ध बहस, डिसेम्बर ८ मारक्तदानसँगै महाभेला उद्घाटन , डिसेम्बर ९ तारिखमा विभिन्न कलेज र विद्यालयमा बालअधिकार तथा मानवअधिकारका विषयमा सचेतनामूलक कार्यक्रम र रेडियो टेलिभिजनमा संवाद कार्यक्रम गरिनेछ ।