मुक्तिनाथबाट महिला हिंसाविरुद्ध अभियान

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरबाट लैंगिक हिंसाविरुद्धको अभियान सुरु गरेको छ ।

समाजमा लैंगिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै महिला तथा बालबालिका माथिका सबै किसिमका हिंसा, दुव्र्यवहार र शोषण अन्त्यका लागि सामाजिक जागरण ल्याउन अभियान सुरु गरिएको हो ।

‘लैंगिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार’ भन्ने मुख्य नारासहित सुरु गरिएको १६ दिने अभियानमा उक्त स्थान पुगेको महासंघको टोलीसहित स्थानीय जनप्रतिनिधि, ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता थियो ।

पछिल्लो समय समाजमा बढ्दै गएकोकिसिम विभिन्न का हिंसाको न्यूनीकरण गर्ने उद्देश्य

यौनजन्य दुव्र्यवहारको आवरणसँग प्रभावित हुने नीति तथा ऐन कानुनहरूको बारेमा सबै समुदायिक वन उपभोक्ता समूह, महासंघका सबै तहका संरचना तथा क्षेत्रमा सुसूचित गराउने कार्यक्रमको उद्देश्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले बताए ।

महासंघले सञ्चालन गरेको अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गरिने जानकारी दिदै उनले अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्ध १७ बुँदे सामूहिक प्रतिबद्धतासमेत गरिने कार्यक्रम छ । जात, जाति, धर्म, भाषा, लिंग, लैंगिकता, उमेर, राजनीतिक, सामाजिक, भौगोलिक, पहुँच वा सम्बन्ध, शारीरिक बनावट तथा अवस्था, वैवाहिक स्थिति लगायत अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई समान र मर्यादित व्यवहार गर्ने गराउने अभियानको लक्ष्य रहेको उनले बताए ।

यौनजन्य दुव्र्यवहारको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरी सबैले सेवा शर्तसम्बन्धी प्रचलित नियम, कानुनले तोकेको सीमा तथा संगठनात्मक व्यवस्था अनुसार पदीय मर्यादा कायम गर्नुपर्ने अभियानको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको सन्दर्भमा विभिन्न ३ समूहमार्पmत मुक्तिनाथ मन्दिर परिसरबाट आइतबार बिहान सुरु गरिएको अभियान अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोममा महासंघ गण्डकी प्रदेश, धरपजुङ गाउँपालिका र पाइला नेपालद्वारा संयुक्तरूपमा आइतबारै कार्यक्रमको आयोजना समेत गरिएको महासंघ केन्दीय सदस्य जमुना थकालीले बताइन् ।

पछिल्लो समय समाजमा बढ्दै गएकोकिसिम विभिन्न का हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले महासंघले सरोकारवाला विभिन्न संघसंस्था, सरकारी कार्यालय, जनप्रतिनिधि लगायतको उपस्थितमा लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेको महासंघका केन्द्रीय सदस्य सरिता कुमालले बताइन् ।

विश्व महिला हिंसा अन्त्य दिवसका दिन आजदेखि मुलुकका ७ वटै प्रदेशमा सञ्चालन गरिएको अभियान अन्तर्गत गाउँदेखि जिल्ला, प्रदेश र सङ्घमा जनचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरी मंसिर २४ गते मानव अधिकार दिवसका दिन काठमाडौंमा समापन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठक बताउँछन् ।

आर्थिकरूपमा महिला समृद्ध नभएसम्म मुलुकबाट सबैखाले हिंसा अन्त्य नहुने बताउँदै उनले त्यसका लागि प्रत्येक वन समूहबाट महिला सशक्तीकरणका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउन महासंघले तयारी गरिरहेको बताए ।

महिला र बालिकामाथि हुने हिंसाको जिम्मेबार पुरुष नै भएको र पुरुषले नै यस्ता जघन्य अपराध न्यूनीकरणमा सहभागी हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिने उद्देश्यले सन् १९९१ मा क्यानडाका केही पुरुषले सेतो रिबन अभियान सुरु गरेका थिए । सोही दिनलाई विश्व महिला दिवसका रूपमा मनाउन थालिएको हो ।