सेकुङ संरक्षणमा जोड, फलामे डस्मिन राखियो

मुस्ताङको थासाङ २ सेकुङ तालमा फलामे डस्मिन राखिएको छ ।पर्यटकले फ्याक्ने फोहोर व्यवस्थापनका लागि तालको चारैतिर डस्मिनको व्यवस्था गरिएको हो ।

जिल्ला यूवा समिति मुस्ताङको पहलमा पर्यटकीय गन्तब्य सेकुङ तालमा सनिवार ४ वटा फोहोर व्यवस्थापन गर्ने फलामे डस्मिन राखिएको समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए ।उनका अनुसार तालको सौन्दर्यता जोगाउन फोहोर व्यवस्थापनका लागि दिर्घकालीन फोहोर फाल्ने डस्मिन राखिएको बताए ।यसका लागि माछापूच्छ«े बैक लिमिटेडले ४ वटा ४० हजार मुल्य बराबरको ४ वटा डस्मिन राखिएको जनाए ।उनले मुस्ताङको थासाङ २ सेकुङ ताल प्रर्वधन गर्ने उद्देश्यले यसप्रकारको कार्यक्रम तथा व्यवस्था गरिएको स्पष्ट पारे ।

जिल्ला समन्वय अधिकारी केशब बिमलीले प्राकृतिक सौन्दर्यताले भरिएको तालको संरक्षण तथा प्रचारको खाचोे रहेको बताए । उनले यहाको अद्भूत रमणिय प्राकृतिक दृष्यहरुले पर्यटकको मन बहलाउन हुदा यस्ता सम्पदाको बिकास स्थानीय ढाँचामा हुनुपर्ने सुझाए ।‘तालको सौन्र्दयता छदैछ ,दाया बाँयाका हिमाल तथा कालिगण्डकी करिडोरको मनमोहक दृष्यले पर्यटक मन्त्रमुग्ध हुन्छन् ।एकान्तमय खुलाक्षेत्र भएकाले यस स्थानको महत्व बुझाउन जरुरी छ ।’उनले भने ।शिक्षा बिकास तथा समन्वय ईकाई प्रमूख मतिलाल चपाईले सेकुङ तालको प्रर्वधन तथा अन्य बिकासमा यूवा समितिले बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।उनले तालको आफ्नै पौराणिक तथा धार्मिक महत्व भएको उल्लेख गर्दे पछिल्लो समय सेकुङ तालको संरक्षण र बिकासमा सरोकारवालाले चाँसो देखाएको बताए ।

थासाङ २ वडाअध्यक्ष नरप्रसाद हिराचनले थासाङ क्षेत्रमा रहेको सेकुङ तालको बिकासका लागि स्थानीयतहले योजना बनाएको बताए ।उनले जिल्लाको अन्य पर्यटकीय गन्तब्य जस्तो चर्चा नभए पनि यहाँ बिदेसी पर्यटकको दृष्यावलोकनको केन्द्र बनेको उल्लेख गरे ।उनले बेनी जोमसोम सडकबाट २० मिनेटमा पुग्न सक्ने यसस्थानलाई प्रर्वधन गर्न प्रचार प्रसारको जरुरी भएको बताए ।संरक्षण व्वस्थापन समितिक थासाङ २ का अध्यक्ष जीवन थकालीले थासाङका पर्यटकीय गन्तब्यलाई बिकास गरेर पर्यटन प्रर्वधन गर्न आवश्यक भएको औल्याए ।उनले सेकुङ तालको बिकासका लागि अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र संरक्षण व्यवस्थापन समितिले पदमार्गको स्तरोन्नति,होडिङ बोर्ड राख्ने ,पर्यटकका लागि बिश्राम स्थल तथा पानी संञ्चितका लागि वाल लगाउने कार्य गर्दे आईरहेको उल्लेख गरे ।सेकुङ तालमा फलामे डस्मिन राख्ने कार्यक्रममा नेपाली सेना सशस्त्र प्रहरी ,नेपाल प्रहरी लगायत स्थानीयवासी तथा जिल्ला स्थित सरकारी कार्यालयका प्रमूखहरुले सहभागिता जनाए ।

समून्द्री सतह देखि करिव २७ सय ८५ मिटर अग्लो उचाईमा अवस्थित सेकुङ तालको स्तरोन्नति तथा बिकासका लागि अन्नपूर्ण संरक्षेणक्षेत्र आयोजना एक्याप जोमसोमले वर्षेनी कार्यक्रम गर्दै आईरहेको छ ।सेकुङ तालमा थासाङका स्थानीयले पुजाआजा गर्ने चलन छ ।परापूर्व कालमा पानी नपर्दा यस तालमा आएर पुजाआजा गर्दा पानी परेको हुनाले यो परम्परालाई स्थानीयले निरन्तरता दिदै आएका हुन् ।बेनी जोमसोम सडकको पश्चिम तर्फ करिव ३ किलोमिटरको अग्लो उचाईमा रहेको ताल हेर्न बिदेसी पर्यटक सेकुङ पुग्ने गरेको वडा सदस्य गौतम शेरचनले जानकारी दिए ।

करिव २ मिटर लामो सेकुङ तालको पानीको श्रोत नजिकै छ ।यसतालबाट पूर्वको निलगिरी र पश्चिमको धौलागिरी हिमाल मनमोहक देखिन्छ ।यस्तै कालिगण्डकीको बगरे फाँटको दृष्य तथा सेकुङ माथिको सेकुङ खर्क र मुलिखर्कमा बिभिन्न बन्यजन्तूको क्रिडाले पर्यटकको मन बहलाउने गर्छ ।यसै ताल हुदै धौलागिरी आईसफल पुग्न सकिन्छ भने धार्मिक स्थल गुरुसाङ्वोको दर्शन गर्ने पनि सेकुङ पदमार्ग नै हो ।सेकुङको उत्तरतर्फ २ किलोमिटर पर अर्को ताल भूतर्छो पनि अवलोकन गर्न सकिन्छ ।सेकुङ पदमार्गमा चारैतीर ठुला ठुला सल्ला र धुपीका बुट्यानहरुले पर्यटकले आनन्दको महशुस गर्न पाउछन् ।

सल्ला धुपीका बुट्यान बीच खुला पार्कले यस स्थल चलचित्रको हबको रुपमा बिकास गर्न सकिने संम्भावना पनि उक्तिकै छ ।थासाङ २ अन्तर्गत पर्ने सेकुङ र भुतर्छो तालको बीचमा धौलागिरी हिमालबाट बहने सानो नदी पनि छ ।सेकुङ तालको मूख्य पानीको श्रोतलाई लार्जुङ र बोक्सीखोलाका स्थानीयले खानेपानीको रुपमा प्रयोग गरेको स्थानीय सोजन हिराचनले जानकारी दिए ।