शिक्षक गिरी दम्पतीको मुस्ताङमा ३५ वर्ष सेवा

मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका १ छेङ्गुर आधारभुत बिद्यालय परिसरको कम्पाण्ड नजिकै पारिलो घाममा त्यहा पढ्ने १२ जना स–साना बालबालिकालाई उर्जा र मेहनतका साथ पढाईरहेका हुन्थे एक जोडी शिक्षक दम्पती । निकै स्नेहका साथ आपसमा खेल्दै रमाउदै अध्यापन गराउने कला उनीहरुको । कास्कीको कास्कीकोट रावसे ओढार घर भएका यि दुई शिक्षक जोडीको नाम हो ,जीत गिरी र गंगादेवी गिरी । नाताले उनीहरु श्रमिान र श्रीमति हुन् । शिक्षण पेशामा आवद्ध हुदै हिमालपारीको ग्रामीण बस्तीहरुका स्कूलमा अध्यापन गराउदै उनीहरुले ३५ वर्ष एकैसाथ बिताए ।

२०४१ सालको सेरोफेरोमा प्रावितहको अस्थायी दरबन्दी लिएर गिरी दम्पती जागिर खान मुस्ताङ आएका थिए। त्यस समय जीत १९ वर्ष र गंगादेवी १८ वर्षकी थिईन् ।जीतको सुरुवाती नियूक्ति लोमान्थाङको राष्ट्रिय निम्ममाध्यमिक विद्यालय थियो भने गंगादेवी भृकुटी आधारभूत किम्लिङमा कार्यरत थिईन् ।एक वर्ष अलग÷अलग सेवा गरेपछि दुबैको दरबन्दी वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको अरनिको आधारभूत विद्याल घ्याकरमा भयो ।गिरी दम्पती मुस्ताङमा जागिर खान आउदा पोखरा बाग्लुङ राजमार्ग बनेको थिएन। मुस्ताङमा सेवा गर्न आएका उनीहरु घर पुग्न हिडेर हप्तौ हप्ता दिन लाग्थ्यो ।३ दशकअघि मुस्ताङको भौगोलिक अवस्थाको कल्पना गर्ने हो भने अहिलेको जस्तो सुगम मुस्ताङ थिएन ।यहाँ नत बिद्युत सेवा थियो,नत संञ्चारकै सुविधा थियो ।घरबाट हिडेपछि पुरै बेखबर अवस्थामा रहदा रहदै मुस्ताङलाई कर्मथलोको रुपमा स्वीकार गरे गिरी दम्पतीले । खाद्यान्न तथा मालसामान ढुवानीको ओसार–पोसार सबै घोडा खच्चडबाटै गरिन्थ्यो ।यस कारण मुस्ताङको बसाई समेत महङ्गो पथ्र्यो उ समय ।भौगोलिक बिकटतालाई छिचोल्दै गिरी दम्पतीले यहीक्षेत्रलाई कार्यस्थल बनाउदै अहिले सम्म बालबालिकालाई पढाउदै छन् । घ्याकर स्कूलका बिद्यार्थीलाई ५ वर्ष अध्यापन गराएपछि उनीहरु दुबैको सरुवा वारागुङको तिरी आधारभूत विद्यालय तिरीमा भयो ।यहाँ गिरी दम्पतीले १६ वर्ष संगै बसेर पढाए ।तिरीपछि यि दुई जोडीको सरुवा थासाङ गाउपालिका २ को सौरु आधारभूत विद्यालयमा भयो ।यहाँ उनीहरुले ५ वर्ष सम्म सेवा गरे।यसपछि गिरी दम्पती वारागुङ १ को छेङ्गुर आधारभूत विद्यालयमा विगत ७ वर्षदेखि कार्यरत रहदै आएका छन् ।३५ वर्षको शिक्षण पेशाको जागीरे जीवन संम्हाल्दै आएका जीत ५४ वर्ष र गंगादेवी ५३ वर्षकी पुगिन् ।तर उनीहरु पेशमा प्रति बितृष्णा पलाएको छैन ।जोश उक्तिकै छ ।

२०४१ सालमा अस्थायी नियूक्ति पाएका गिरी दम्पतीले एकसाथ लोकसेवा आयोगको परिक्षामा नाम निकालेर २०४४ सालमा स्थायी नियूक्ति पाए ।गंगादेवीले २०७२ सालमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिन् भने जीतले २०७३ सालमा राष्ट्रिय शिक्षा प्राप्त गरेका थिए ।उनीहरु दुबैलाई एकसाथ सेवा गर्ने अवसर जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको हो ।त्यसो त मुस्ताङमा ४० वर्ष सेवा गरेका कर्मचारी पनि छन् ।तर,एउटै परिवारका सदस्य ,त्यसमाथि श्रीमान र श्रीमति हिमालपारीको बिकट जिल्लाका गाउहरुमा ३५ वर्ष शिक्षण पेशामा एकैसाथ सेवामा समर्पित रहनु चानाचुनै कुरै थिएन ।तर,अहिले पनि गिरी दम्पती एकैसाथ शिक्षण पेशामा कार्यरत छन् ।भर्खरको कलिलो उमेरमा मुस्ताङ आएका गिरी दम्पतीले बालबच्चा यही आएर जन्माए, हुर्काए अनि आधारभूततहको पढाई पनि आफै संग गराए ।गिरी दम्पतीका २ छोरा र एक बुहारीसहित ५ जनाको परिवार छ ।जीत भन्छन्,‘हामी दुई श्रीमान श्रीमतिले पेशाका साथसाथै मुस्ताङमा ३५ वर्ष सेवा गरेका छौं,मुस्ताङको शिक्षा बिकासका साथै परिवारिक अवस्थालाई पनि मजबुत बनाएका छौं,यही बसेर सेवा गर्न पाउनु हाम्रो अहोभाग्यनै हो ।’गिरी दम्पतीले मुस्ताङमै बसेर छोराहरुलाई राम्रो शिक्षा दिए ।‘हामीले मुस्ताङमा बसेर श्रम ग¥यौ,हाम्रो भावना छोराहरुले कहिल्यै डगमगाउन दिएनन्,हामीले गरेको मेहनत र साधनाको सही सदूमयोग भयो ।’उनले भने ।

गिरीले आफ्ना सन्तानलाई पश्चिमाञ्चल बोडिङ स्कूलमा पढाए ।स्कूल पढ्दा छोराहरु कहिल्यै सेकेन्ड नभएको गिरीले बताए ।त्यसपछि उनका छोराहरु पोखराको सगरमाथा कलेज पढे ।उनका अनुसार सानो छोराले सामाजिककार्यको प्राविधिक विषय पूरा गर्दै केएनके कोष पूरा गरेर त्रिभूवन विश्व विद्यालयमा अध्यापन पेशामा लागेको बताए ।जेठो छोरा भने एमएससी विषयमा आईटी बिषय अध्ययन गर्दै गरेको गिरीले खुलाए ।‘छोराहरुले राम्रो लय लिएका छन्,‘उनले भने,‘बाआमाले गरेको दुःख भन्दा हामीहरुले बढी दुःख गर्नुपर्छ भनेर हामीलाई गौरव लाग्छ ।’उनले भने मुस्ताङलाई धेरै कुरा दिएको र मुस्ताङले पनि आफुहरुलाई पारिवारिक खुसी दिएको सुनाए ।मुस्ताङमा ३५ वर्ष सेवा गर्दा पनि दिक्क नलागेको अनुभव सुनाउदै गिरी भन्छन्,अझै ६० वर्षको उमेर सम्म सेवा गर्न पाईन्छ ,अझै ७,८ वर्ष सेवा गर्छै ।गिरी दम्पतीले पढाएका बिद्यार्थी ठूला ठूला तहमा पुगेका छन् ।प्रदेश सांसद ईन्द्रधार बिष्ट सांसद भएको र उक्तम गुरुङ ईन्जिनीयर भएको गिरीले सुनाए ।

बालबच्चाहरु संग रम्ने बानी परिसकेको छ।उनीलाई पढाउदा र खेल्दा जति आनन्द आउछ घर बस्दा रमाईलो नहुने गिरी दम्पतीले सुनाए ।उनी भन्छन् ‘श्रीमति संग एकैसाथ सेवा गर्न पाउदा समय बितेको पत्तै हुदोरहेनछ ।’उनले छोराछोरीको कमाईले भन्दा आफ्नै कमाईले जीवन व्यतित गरिहेको बताए ।गिरीले भने शिक्षाक्षेत्रमा राजनितिकरण हुन नहुने उल्लेख गरे । संक्रमणकालमा शिक्षकहरुलाई राजनितिक आस्थाका आधारमा सरुवा बढूवा हुने गरेको अनुभव बताए ।उनले राजनितिक धरातलका आधारमा शिक्षकहरुले सेवामूखि भएर काम नगरे खुलाए ।शिक्षा जस्तो पवित्र सरस्वतीले बास गरेको स्थानमा राजनितिकरण भए शिक्षाको बिकास नहुने दावी गरे ।

गिरीले भने ‘मुस्ताङमा बसेर सेवा गर्दाको लामो समयमा कहिल्यै पराईको जस्तो व्यवहार भएन ।यहाँका अभिभावकले हाम्रै बालबच्चाको लागि हो भन्ने बुझेर सम्मान र आदर गरे ।जसले हामीहरुलाई मुस्ताङमै बसेर सेवा गर्न बाध्य बनायो ।’उनले भने,‘ सूगम जिल्लामा पढाउन चाहेको भए सरुवा मिलाउन सक्थ्यौ ,तर हामीले यहीको मायाले अड्यायो ,हामी अझै यही छौं ।’