जेसीआइ पोखरामा नयाँ समिति

जेसीआइ पोखराको ३९ औं अधिवेशन तथा ४४ औं वार्षिक साधारणसभाले वर्ष २०१९ का लागि नयाँ समिति निर्वाचित गरेको छ । अध्यक्षमा सन्तोष शाहीलाई निर्विरोध भए ।

शनिबार भएको अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोषकुमार रानाभाट र विनोद केसी निर्वाचित भएका छन् ।निर्देशकमा सूर्यबहादुर केसी, विजय कुइकेल, श्रीकृष्ण सुनार र सुमन पहारी निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष शाहीले कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमश मिनराज खड्का, शक्ति बरुवाल, अनन्त प्रधानांग र भाइराज रानामगरलाई मनोनीत गरेका छन् ।

अध्यक्षका आकांक्षी शिव सापकोटाले शाहीलाई वर्ष सफल बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रजातान्त्रिक पद्धतिबाट सर्वसम्मत नेतृत्व चयन भएकाले पोखरा जेसिजका गतिबिधि अझै परिस्कृत भएर अगाडि बढ्ने निर्वाचन आयुक्त तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष गोविन्द देवकोटाले बताए ।