गण्डकी सेरोफेरो

मुस्ताङ आउने पर्यटकको निगरानी सिसी क्यामेराले गर्ने

जिल्ला प्रहरी कार्यालयले मुस्ताङले जोमसोमक्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।प्रहरी प्रधान कार्यालयले मुलुकभरका प्रहरी कार्यालय तथा मुख्य बजारक्षेत्रमा,चोक र राजमार्गहरुमा सिसी क्यामेरा राख्ने योजना अनुसार मुस्ताङमा यसको गृहकार्य भईरहेको हो । प्रहरी प्रधान कार्यालयले चालुवर्षको बजेटमा प्रत्येक जिल्लाका प्रहरी कार्यालय तथा व्यस्त बजारलाई लक्षित गर्दै बजेट बिनियोजन गरेको हो ।मुस्ताङका डिएसपी महेन्द्र खड््काले केन्द्रिय बजेट र कार्यालयको आन्तरिक बजेट मार्फत २ महिनाभित्रै सिसी क्यामेरा राख्ने तैयारी भईरहेको जानकारी… पुरा पढौ

थासाङ २ सौरुको थङ्कु लेकमा पासो थाप्ने ६० वर्षिय मगर पक्राउ

मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर २ सौरु माथिको उच्चलेकमा संरक्षित बन्यजन्तु आदीको पासो थाप्ने एक जना बृद्ध व्यक्ति पक्राउ परेका छन् । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोम,संरक्षणक्षेत्र व्यवस्थापन समिति कोवाङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयूक्त गस्ती टोलीले मंगलबार मध्यान्ह् २ बजे  सौरु माथिको उच्चलेकमा संयूक्त गस्ती गरेको हो । रोल्पा जिल्ला साविकको उवा गाबिस घरभई दाङको घोराही उपमहानगर पालिका १३ बस्ने वर्ष ६० का मोहनलाल मगरलाई अनुसन्धानका लागि पक्राउ… पुरा पढौ

गण्डकीका स्वरोजगार व्यापार श्रमिक संगठित

नेपाल स्वरोजगार व्यापार श्रमिक संघको प्रथम गण्डकी प्रदेश भेला मंगलबार भएको छ । भेलाले अर्जुन सुनारको अध्यक्षतामा संघको गण्डकी प्रदेश कमिटी गठन गरेको छ । संस्थाको उपाध्यक्ष गोविन्द गौतम, सचिव वैकुण्ठ पोखरेल, सहसचिव विष्णुहरि पौडेल र कोषाध्यक्षमा रेशमलाल तिमिल्सिना छन् । कमिटीको सदस्यमा शिव लामिछाने, बालकुमारी श्रेष्ठ, कुमारी गरौंजा मगर र चन्द्रा धमेल छन् । भेलामा नेपाल टेड युनियन महासंघ(जिफन्ट) महिला कमिटी अध्यक्ष तथा गण्डकी प्रदेश सभा सांसद मीना गुरुङले… पुरा पढौ

गण्डकीको पर्यटकीय पहिचानका लागि कार्यशाला

नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा सुरु भएको छ । कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरूप पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइएको बताए । नेपालमा पर्यटनको विविध सम्भावना रहेको उल्लेख गर्दै उनले सम्भावनाको अधिकतम उपयोग गर्न सकेमा यो आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास… पुरा पढौ

जिल्ला स्तरिय समूदाय–प्रहरी साझेदारी यूनिट गठनबारे छलफल

प्रहरी प्रधान कार्यालयले मुलुकभर समूदाय–प्रहरी साझेदारी अभियान लागु गरेपछि मुस्ताङ पनि यसको तैयारी अघि बढेको छ ।पछिल्लो समय मुलुकमा भईरहेको हत्या हिंसा र बलात्कार जस्ता जघन्य अपराधमा बृद्धि भएपछि प्रहरी प्रधान कार्यालयले यसप्रकारको अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले यसअघिनै जिल्लाका ५ वटै स्थानीयतह संग समूदाय–प्रहरी अभियानमा सहकार्य भईसकेको छ ।प्रहरी प्रधान कार्यालयको समूदाय–प्रहरी साझेदारी निर्दैशिका अन्तर्गत प्रत्येक जिल्लाका महानगर ,उपमहानर,गाउपालिकाहरुका प्रत्येक अंगहरुमा साझेदारी यूनिट गठन हुने मुस्ताङका प्रहरी… पुरा पढौ

अनसन थाले विद्यार्थीले

कास्कीका विद्यार्थी कक्षा ११ को विज्ञान विषयका नतिजामा राष्ट्रिय परीक्षा बोर्डले लापारवाही गरेको भन्दै अनसन बसेका छन् ।उनीहरुले कक्षा ११ को उत्तरपुस्तिका जाँच र रिजल्टमा बोर्डले ठूलो लापरवाही गरेको आरोप लगाएका छन् । अब्बल विद्यार्थीको पनि साह्रै कमसल नतिजा आएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । यसबाट विद्यार्थीले मानसिक यातना समेत भएको भन्दै अभिभावकहरु पनि आन्दोलित भएका छन् । लापरवाही भएका कापी फेरि जाँचेर रिजल्ट निकाल्नुपर्ने उनीहरुको माग छ । नेपाल… पुरा पढौ

सफल एक्स्पो पोखरा सम्पन्न, सफल भएको आयोजकको दाबि

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार समापन भएको छ । मेला समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आर्थिक चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । गण्डकी प्रदेशको राजधानि पोखरा भएको कारणले पनि यहाँ आयोजित मेलाले विशेष महत्व राखेको बताउँदै व्यावसायिक सुदृढीकरणका लागि वाणिज्य संघले यस किसिमका मेलालाई निरन्तरता दिन आग्रह गरे । गण्डकी… पुरा पढौ

क्यान्सर पीडित सुजनलाई सहयोग

 तीन वर्षदेखि अर्बुद्ध रोगसँग जुधिरहेका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षीय सुजन पुनलाई ‘पुन समाज नेपाल, बेलायत तथा कोरिया’ले आर्थिक सहयोग गरेको छ । बेलायत र कोरियामा सङ्कलन भएको रु छ लाख ९५ हजार पुन समाज नेपालका पदाधिकारीले पीडित सुजनलाई हस्तान्तरण गरेका हुन् । बेलायतमा रु तीन लाख ५७ हजार र कोरियामा रु तीन लाख ३८ हजार सङ्कलन भएको समाजका वरिष्ठ उपाध्यक्ष खिमन पुनले जानकारी दिए ।     म्याग्दीको… पुरा पढौ

इक्यान तयारी अन्तिम चरणमा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृहमा हुुने मेलाका लागि आवश्यक तयारी सकिएको इक्यान कास्की सचिव तथा प्रचारप्रसार संयोजक रुद्रप्रसाद अर्यालले बताए । मेलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहनेमा विश्वस्त रहेको अध्यक्ष भुवन क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले… पुरा पढौ

माथिल्लो मुस्ताङमा कागजपत्र बिनाका चाईनिज मोटर साईकलको बिगबिगी

व्यवसायी समेत पानमा दर्ता छैनन्माथिल्लो मुस्ताङमा कागजपत्र नभएका अत्रैध चाईनिज मोटर साईकलको बिगबिगी रहेको पाईएको छ । लोमान्थाङ र लोघेकरमा करिव ३ सयको हाराहारीमा कागजपत्र बिनाका चाईनिज मोटरसाईकल गुड्छन् ।गुडेका मोटर साईकलहरु सबै उत्तरी कोरलानाका तथा त्यहाको गैर नाका हुदै उपल्लो मुस्ताङमा भित्रिएका हुन् । मुस्ताङ र तिब्बतको ढुङ्वासेन राज्यबीचको सहमतिमा वर्षेनी असार र भदौ महिनामा व्यापार मेला लाग्ने गर्छ । मेलामा उपल्लो मुस्ताङका स्थानीयबासीले घरायसी सामानका अलावा चाईनिज मोटरसाईकल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं