गण्डकी सेरोफेरो

हिउदयामको सास्ती’ उच्चलेंकका याकचौरी बेसी झारियो

मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर १ टुकुचेका स्थानीय याक पालक व्यवसायी धनबहादुर गुरुङको २०७१ सालको हिम पहिरोले ५५ याक मध्ये २४ याक मरे ।हिमपहिरो जाने सिजनमा बेशी झार्न ढिलाई हुदा उनको याक हिमपहिरोले पुरिएको हो । हिउदयामको समयमा उच्चलेंकखर्कमा पालन गरिएका याक तथा चौरीको बथानलाई भारी हिमपातले दुख दिने गर्छ ।तर गएका ४ वर्ष यता मुस्ताङमा हिमपहिरो गएको छैन ।लेंकका डाडाकाढामा अत्यधिक हावारीहुरी चल्ने र हिमपात हुने गर्दा हिमपहिरोको संम्भावन… पुरा पढौ

खाद्यसंस्थान मुस्ताङ शाखामा पोल्टीफार्मको कारखाना

नेपाल खाद्य संस्थान मुस्ताङ शाखाको गोदाममा पोल्टीफर्मको दुर्गन्ध फैलिएको छ ।शाखाको खाली रहेको जग्गामा एक व्यवसायीले पोल्टीफर्म संञ्चालन गरेपछि कार्यालय परिसर दुर्गन्धित बनेको हो । सर्वसाधारणले दैनिक खाद्य उपभोग्य बस्तु खरिद गर्न आउने कार्यालयमा कुखुरा पाल्ने कारखाना संञ्चालन भएपछि वरपरको वातावरण समेत प्रदुषणयूक्त भएको त्याहा कार्यरत कर्मचारीहरुको भनाई छ ।खाद्यका तत्कालिन कार्यालय प्रमूख तिर्थराज खनियाको कार्यकालमा शाखाको करिव १२ रोपनी जग्गा मध्ये एक चौथाई जसो जग्गा व्यक्तिका नाममा लिजमा दिईएको… पुरा पढौ

राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिकामा विष्णु

राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिकाको दोस्रो भेलाले विष्णु पुरीको अध्यक्षतामा १३ पूर्ण र ४ वैकल्पिक सदस्यसहित १७ सदस्यीय पोखरा महानगरपालिका समिति गठन गरेको छ । उपाध्यक्षमा प्रविण पौडेल, सचिवमा हरिबहादुर खत्री, सहसचिवमा रामप्रसाद शर्मा र कोषाध्यक्षमा लक्ष्मी कुँवर र सदस्यमा मिनालक्ष्मी आचार्य, गंगबहादुर थापा, सपना बराल, देवीलाल कँडेल, सावित्री जि.सी., विष्णु वि.क., टीकाराम पाठक र प्रेम वि.क. छन् । वैकल्पिक सदस्यमा प्रेम गायक र बाँकी ३ स्थानमा बैठकले चयन गर्नेछ ।… पुरा पढौ

काम गर्ने कालु, अन्न खाइदिने भालु

तनहुँको भानु नगरपालिका १३ स्थित सम्जुरमा भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित भएका छन् । विगत २ सातादेखि भालुले खेतबारीमा लगाएको अन्नबाली खाइदिँदा स्थानीय चिन्तित भएका हुन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिए । आफूले लगाएको ३ मुरी कोदो भालुले खाइदिएको उनको गुनासो छ । उनले माउ र २ वटा बच्चासहितको भालुले स्थानीय हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली… पुरा पढौ

हिमपात र चिसोबाट जोगिन अनुरोध

मौसम परिवर्तनसंगै हिउदयाममा हुने उच्च हिमपात,हावाहुरी र चिसोबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आईतबार एक बिज्ञप्ती प्रकाशित गर्दै स्थानीयलाई सचेत गराएको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी विशेधर रेग्मीद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा हिउदयाममा हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा हुने उच्च हिमपात र चिसो कारण जनजीवन कष्टकर हुने,हावाहुरीका कारण नागरिक बिरामी पर्ने र यिनैका कारण पदयात्री समेत संकटमा पर्ने जनाईएको छ ।गरिब,बिपन्न,अपर्याप्त पूर्व तैयारी आदीको कमीले चिसो र हिमपातको समस्या जटिल… पुरा पढौ

सार्वजनिक जग्गामा बनेका छाप्रा भत्काइयो

पोखरा महानगरपालिका १८ ले सार्वजनिक जग्गामा बनाइएको संरचना सोमबार भत्काएको छ । वडा १८ स्थित हरे डाँडाको सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइएको हो । हरे डाँडा सामुदायिक वनको २ रोपनी जग्गामा हर्कबहादुर ढकालले तारबार गर्दै संरचना निर्माण गरेपछि वडाध्यक्ष रणबहादुर थापाले नगर प्रहरी लगाएर त्यहाँ बनाइएको संरचना र तारबार हटाएका हुन् । नगर प्रहरी, पत्रकार लगायतको टोली लिएर वडा अध्यक्ष नै सार्वजनिक जग्गामा बनाइएको संरचना भत्काउन पुगेका थिए । सार्वजनिक… पुरा पढौ

घरपझोङका किसानलाई स्याउ बगैचामै तालिम

मुस्ताङको ५ स्थानीयतह मध्ये स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ गाउपालिकाका स्थानीय किसानलाई सोमबार स्याउ बगैचामै कटिङ तथा स्याउ खेति संम्वन्धि एक दिने तालिम दिईएको छ ।वर्षेनी हिउदयामको पुस देखि माध २ महिना यहाका किसानले आ–आफ्नो बगैचामा स्याउ कटिङ गर्ने चलन छ । स्याउ बिरुवा रोपेको दोश्रो वर्ष देखि र फल लाग्ने स्याउ बोटहरुको पात पूर्ण रुपमा झरिसकेपछि स्याउ बोटको हागाहरु कटिङ गर्ने गरिन्छ ।हिउदयामको यही समयमा स्याउ बोटको पातहरु झर्ने… पुरा पढौ

काहुँ धरहरा महोत्सवमा ६५ हजार दर्शक

जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा भएको काहुँ धरहरा महोत्सव सकिएको छ । १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव ६५ हजारले हेरेको आयोजकले जनाएको छ । आइतबार महोत्सव समापन समारोहमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायबाट आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने उनले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय… पुरा पढौ

बाटुलेचौरमा बन्यो गन्धर्व संग्रहालय

कास्कीको पोखरा १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्रहालय आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । उनले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । मन्त्री अधिकारीले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गरे । उनले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिए । २०७१ मा निर्माण सुरु गरिएको संग्रहालय भवन १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको… पुरा पढौ

५ करोडमा मर्दीखोलामा पक्की पुल

कास्कीको माछापुछ्रे गाउँपालिका ९ स्थित मर्दीखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । संघीय सरकारकोे ५ करोड ४ लाख २४ हजार १ सय ७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ । पुल शनिबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरे । उनले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताए । पुल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं