गण्डकी सेरोफेरो

मुस्ताङमा रोकिएन हिउँ, कृषकहरुमा उत्साह

हिमाली जिल्ला मुस्ताङ गएराति देखि लगातार छिटफुट हिउँ परिरहेको छ ।चालुवर्षको पुस २७ गते आंशिक हिउ परेकोमा आईतबारको मध्यरात देखि लगातार हिउँ पर्न सुरु गरेको हो।हिउ परेपछि स्थानीय घरभित्र बस्न बाध्य भएका छन् भने,हिउँकै कारण जिल्लामा पर्यटकको संख्या बृद्धि हुने अपेक्षा उनीहरुले गरेका छन् । सोमबार बिहानपनी मुस्ताङमा लगातार हिउँ परिरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।हिउँपरेपछि यहाका नाङ्गा डाडाकाढा सेताम्मे बनेको उनले बताए ।मौसम परिवर्तन भएकाले थप हिउ पर्ने… पुरा पढौ

सांसदको सबै तलब सामाजिक काममा

गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । प्रदेश सांसद पहारीले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वापतको ११ महिनाको तलव सामाजिक कार्यमा खर्चिएको भन्दै त्यसको विवरण सार्वजनिक गरेका हुन् । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चलिरहँदा सांसद पहारीले भने आफूले राज्यबाट सांसदबाट पाउने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरेका हुन् ।… पुरा पढौ

मायादेवी मन्दिरका ईँटा सोनवागढमा

चन्द्रौटा कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरू फेला पारेको छ । मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुङ्गा तथा इँटाहरू फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने प्रदेश सांसद अर्जुन केसीले बताए ।… पुरा पढौ

मुस्ताङेका हिउँद र फुर्सदिला दिन

वर्षायामभरी मेहनतका साथ आफ्नो घरायसी काम धन्दा सकेर हिउदयामका उराठिला ४ महिना मुस्ताङबासीका लागि फुर्सदिलो समयको रुपमा लिईन्छ ।यही,समयको सदुपयोग गर्दे कतिपय मुस्ताङीजिल्लामै घाम ताप्ने,जंगल पुगेर दाउराको जोहो गर्ने,स्याउबारीको कटिङ र हेरचाह गर्ने आदी काम गर्छन् भने, कतिनपय जिल्लानै रित्तो हुनेगरी बेशीतर्फ ओरोलो लागि सकेका छन् । मुस्ताङ जिल्ला हिमालपारीको छत्रछायामा अवस्थित प्राकृतिक दृष्यहरुले भरिभराउ भएको जिल्ला हो ।हिमाल ,मिनी तालतलैया ,मनोरम हरियाली बिनाको सुख्खा डाडाकाढाँ,स्याउ तथा फापर लगायतका खेति… पुरा पढौ

प्रेस युनियन गोरखामा नरेन्द्र ढकाल

नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन् । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलिमियाँ, सहसचिव सस्मिता पन्त र कोषाध्यक्षमा सुनिल कुँवर चयन हुनुभएको प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रामशरण आर्चायले बताए । समितिको सदस्यमा अञ्जन खत्री, अजित खनाल, शिवराम श्रेष्ठ र सलिना गुरुङ चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा रामशरण आचार्य, किशोरजङ्ग… पुरा पढौ

महेन्द्र मा.विमा प्राविधिक शिक्षाका लागि महायज्ञ हुने

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादी स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको पठन पाठनका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ । सरोकारवालाहरुको सहभागिगतामा विद्यालयले बिहीबार विद्यालय प्राङ्गणमा आयोजित बृहत आमभेला भेलाले महायज्ञ गर्ने निर्णय गरेको हो । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायाँदेवि राना, वडा नं- १ का अध्यक्ष शिवसरण वाग्ले सहित चार सय भन्दा बढीको उपस्थितिमा विद्यालयमा समयानुकुल प्राविधिक र सीप मुलक शिक्षाको पठन पाठनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न महायज्ञ… पुरा पढौ

मोटर साइकल बाट खसेर युवतीको मृत्यु

रिशिङ घर भइ हाल म्याग्दे ०१ तनहुँ तल्लो गुणादी बस्ने १८ बर्ष कि प्रमिशा आलेको गए राती माथिल्लो गुणादी निर्मल बस्तिमा कुदिरहेको ग ११ प ५५०२ नम्बरको मोटर साइकलबाट खसेर मृत्यु भएको छ । मोटर साइकल र चालक फराकचाैरका मदन अधिकारी प्रहरि नियन्त्रणमा छन र घटनाको थप अनुसन्धान भैरहेको छ । थापाको मृत्यु भएको विषयलाई लिएर जानकारी लिन आउँदा एक्कासी लड्न पुगेका मृतक थापाकी नातेदार भक्तबहादुर थापाको समेत आइतबार मृत्यु… पुरा पढौ

जोमसोमका ३ स्थानमा फोहोर संकलनकेन्द्र

मुस्ताङ सदरमुकाम जोमसोममा शनिवारदेखि फोहोर संकलनकेन्द्र सुरु भएको छ ।सदरमुकाम जोमसोम संग जोडिएको घरपझोङ गाउपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को बिनियोजित ९ लाख बजेट मार्फत जोमसोमक्षेत्रका ३ स्थानमा फोहोर संकलनकेन्द्र भवन निर्माण गरिएको हो । गाउपालिकाले निर्माण गरेको ३ वटा फोहोर संकलनकेन्द्र भवनहरुमा ३–३ वटा कोठा छन्् ।जसमा सिसा जन्य पदार्थ ,धातु र प्लाष्टिक जन्य पदार्थ र सजिलै जल्न सक्ने अन्य फोहोरहरुको अलग÷अलग व्यवस्था गरिएको हो ।फोहोर संकलनकेन्द्रको सुरुवातपछि जोमसोमका स्थानीयवासी,बिभिन्न… पुरा पढौ

हिउदयामको सास्ती’ उच्चलेंकका याकचौरी बेसी झारियो

मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर १ टुकुचेका स्थानीय याक पालक व्यवसायी धनबहादुर गुरुङको २०७१ सालको हिम पहिरोले ५५ याक मध्ये २४ याक मरे ।हिमपहिरो जाने सिजनमा बेशी झार्न ढिलाई हुदा उनको याक हिमपहिरोले पुरिएको हो । हिउदयामको समयमा उच्चलेंकखर्कमा पालन गरिएका याक तथा चौरीको बथानलाई भारी हिमपातले दुख दिने गर्छ ।तर गएका ४ वर्ष यता मुस्ताङमा हिमपहिरो गएको छैन ।लेंकका डाडाकाढामा अत्यधिक हावारीहुरी चल्ने र हिमपात हुने गर्दा हिमपहिरोको संम्भावन… पुरा पढौ

खाद्यसंस्थान मुस्ताङ शाखामा पोल्टीफार्मको कारखाना

नेपाल खाद्य संस्थान मुस्ताङ शाखाको गोदाममा पोल्टीफर्मको दुर्गन्ध फैलिएको छ ।शाखाको खाली रहेको जग्गामा एक व्यवसायीले पोल्टीफर्म संञ्चालन गरेपछि कार्यालय परिसर दुर्गन्धित बनेको हो । सर्वसाधारणले दैनिक खाद्य उपभोग्य बस्तु खरिद गर्न आउने कार्यालयमा कुखुरा पाल्ने कारखाना संञ्चालन भएपछि वरपरको वातावरण समेत प्रदुषणयूक्त भएको त्याहा कार्यरत कर्मचारीहरुको भनाई छ ।खाद्यका तत्कालिन कार्यालय प्रमूख तिर्थराज खनियाको कार्यकालमा शाखाको करिव १२ रोपनी जग्गा मध्ये एक चौथाई जसो जग्गा व्यक्तिका नाममा लिजमा दिईएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं