नयाँ शक्ति भीमसेन थापा गापामा रोहित

नयाँ शक्ति पार्टी गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्षमा रोहित पाण्डे निर्वाचित भएका छन् । शनिबारबाट सुरु भएको अधिवेशनले गाउँपालिका उपाध्यक्षमा मिलन न्यौपाने, दुर्गा ढकाल र बच्चु सुनार सचिव ठाकुर पाण्डे, कोषाध्यक्ष सविता भट्ट, सहसचिवमा डिलबहादुर आले र रमेश श्रेष्ठलाई चुनेको छ ।


सदस्यमा सुरेश श्रेष्ठ, भोजबहादुर थापा, राजु कुमाल, भुवन श्रेष्ठ, पुकार कुमाल, पहलमान नेपाली, राबहादुर नेपाली, मोतिलाल सुनार, रामबहादुर खड्का, तीलक थापा, हीरा भट्ट, निरमाया श्रेष्ठ, गोपाल भट्ट, वेलकुमारी गुरुङ, सोमप्रसाद शाक्य, सुशीला लामिछाने, वेदप्रसाद लामिछाने, संगीता भट्टराई र फणीन्द्र बाँनिया छन् ।