जनप्रतिनिधिसहितको टोलीले घुम्ती बिद्यालय निरीक्षण

पहिलो पटक घुम्ती कक्षा संञ्चालन गर्दै गरेका उपल्लो मुस्ताङको घमी र घिलिङका दुई घुम्ती बिद्यालयको आईतबार जिल्लाका सरोकारवालाले अनुगमन तथा निरीक्षण गरेका छन्् ।गत पुस १५ गते सुरु गरेका यि दुई बिद्यालयले तनहु दुलेगौडामा अवस्थित एक तिब्बतीयन बिद्यालयमा एकिकृत घुम्ती कक्षा संञ्चालन गरेका हुन्् ।


प्रदेश सांसद ईन्द्रधारा बिष्ट,जिसस प्रमूख छिरिङ ल्हामो गुरुङ,उपाध्यक्ष ढिकी गुरुङ, वडाअध्यक्ष हिरा गुरुङ तथा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईको टोलीले एकिकृत घुम्ती बिद्यालय अनुगमन गरेका हुन्् । एकिकृत घुम्तीको शैक्षिक,आर्थिक,भौतिक र व्यवस्थापकीयपक्ष लगायतका बिषयमा टोलीले जानकारी लिएको हो ।


यसअघि एकिकृत घुम्ती बिद्यालयका प्रिन्सिपल न्हीमा ठिले गुरुङसहित शिक्षकहरुको टोलीले जनप्रतिनिधिलाई स्वागत गरेका थिए ।सो अवसरमा बिद्यालयका प्रिन्सिपल गुरुङले शैक्षिक पठन पाठन, कक्षाकोठा,आवास भवन तथा बिविध बिषयमा जानकारी गराएको घमी आधारभुत बिद्यालय प्रिन्सिपल अमन धितालले जानकारी दिए ।


गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले घिलिङको जनज्योति बिद्यालय उपल्लो मुस्ताङकै सर्वोउत्कृष्ट बिद्यालय रहेको बताए ।उनले घमी र जनज्योति आधारभुत बिद्यालयले घुम्ती कक्षा मर्ज गर्नु राम्रो सुरुवात भएको उल्लेख गर्दे उनले घुम्ती बिद्यालयको व्यवस्थापकीय पक्ष पनि अपेक्षा गरिएभन्दा राम्रो पाईएको जनाए ।उनले घुम्ती बिद्यालयलाई सक्दो सहयोग गर्ने उल्लेख गरे ।
जिसस प्रमूख छिरिङ ल्हामो गुरुङले शैक्षिक पठन तथा बिद्यार्थीको हेरचाहमा ध्यान पू¥याउन घुम्ती कक्षा व्यवस्थापन समितिलाई आग्रह गरिन्् ।शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाई चपाईले घुम्तीमा रहेका बिद्यालयलाई स्थानीयतह र संघीय सरकारले सहयोग गरेको बताए।


पहिलो पटक घुम्ती कक्षा सुरु गरेको नवज्योतिका ७५ र घमी आधारभुत बिद्यालयका ४२ गरी कुल ११७ जना बिद्यार्थीको एकिकृत घुम्ती कक्षा मर्ज गरिएको हो ।अन्य घुम्ती बिद्यालय भन्दा २ महिना ढिलो सुरु भएको घमी र घिलिङले चालु शैक्षिक सत्रको परिक्षा जिल्लामा संम्पन्न गरेको हो ।लोघेकरका गाउपालिकाले बिनियोजन गरिएको ३० लाख बजेट मध्ये यस बिद्यालयलाई २१ लाख भागमा परेको प्रिन्सिपल न्हीमा ठिले गुरुङले बताए ।‘हामीहरुको घ््म्ती कक्षा सुरुवात पहिलो हो,होस्टेल तथा अन्य सामाग्री जुटाउदा खर्चले पुग्दैन।यसलाई स्थानीयतहले संम्वोधन गर्नुपर्छ ’उनले भने ।


घमी र घिलिङका यि दुई एकिकृत घुम्ती बिद्यालयले २ महिनाका लागि ४ लाख ७५ हजारमा बिद्यालय तथा छात्राबास भवन लिजमा लिएको हो । घुम्तीको कक्षा ८ मा २ जना मात्र बिद्यार्थी छन्् ।दुई बिद्यालयका २१ जना शिक्षक शिक्षिकाले घुम्तीमा अध्यापन गराएका छन्् ।बिद्यालय फागुनको दोश्रो साविककै स्थानमा लगेर पढाई सुरु गर्नेछ ।