पाेखरा महानगरपालिका स्तरिय लैङ्िगक हिंसा नियन्त्रण सञ्जाल गठन भएकाे छ । अधिकारका क्षेत्रमा विभिन्न क्षेत्रवाट अनवरत लागेका व्यक्ति तथा संस्थाकाे प्रतिनिधि मुलक भेलाले अाइतवार सञ्जाल गठन गरेकाे हाे ।
वैदाम प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीकाे संयाेजकत्वमा १३ सदस्यीय समिति गठन गरिएकाे हाे । जसके सदस्य सचिवमा प्रहरी सहायक निरिक्षक माेहन विक रहेका छन् भने सदस्यमा पाेखरा महानगरपालिका तर्फबाट सामाजिक विकास महाशाखाका निर्मला शर्मा, वडा सञ्जाल ६ का तर्फवाट जनप्रतिनिधि राममाया विक, नागरिक समाज पाेखराका तर्फबाट विष्णुप्रसाद अधिकारी , न्याय तथा सञ्चारका क्षेत्रवाट अधिवक्ता सुष्मा पाैडेल, सामुदायिक विद्यालयका तर्फबाट लाेचना अधिकारी रहेका छन् ।
सदस्यहरुमा युनाइटेड क्लबका तर्फबाट राजेन्द्र तिवारी , सहकारी क्षेत्रवाट कमलादेवी गिरी, शक्ति समुहका तर्फबाट विन्दु अाचार्य रसंरक्षण समुह नेपालका इन्दिरा कार्की र नेपाल रेडक्रसका तर्फबाट उर्मिला खड्का रहेका छन् । साथै सल्लाहकारमा पाेखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ र कार्यकारी अधिकृत शेषनारायण पाैडेल रहेका छन् । गृहमन्त्रालयवाट जारी लैङ्िगक हिंसा नियन्त्रण सञ्जाल गठन तथाद कार्व सञ्चालन कार्यविधी २०७५ अनुरुप उक्त सञ्जाल गठन गरिएको संयाेजक कार्कीले वताए ।
उक्त सञ्जालले हिंसावाट पिडितलाइ तत्काल उद्वार गर्ने,हिंसा भइरहेको स्थानमा गइ सामुहिक हस्तक्षप गर्ने,प्रहरिलाइ सुचना दिने,घटनास्थलकाे सुरक्षा दिने अनुसन्धानमा सहयोग गर्ने,अधिकारकाे संरक्षण,उपचार तथा राहतमा सहयाेग गर्ने लैङ्िगक हिंसा न्युनिकरणमा जागरण चलाउने,सहजिकरण गर्ने , सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विभिन्न कार्य गर्ने छ ।





