
मौसम परिवर्तनसंगै हिउदयाममा हुने उच्च हिमपात,हावाहुरी र चिसोबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आईतबार एक बिज्ञप्ती प्रकाशित गर्दै स्थानीयलाई सचेत गराएको छ ।
निमिक्त प्रमुख जिल्ला अधिकारी विशेधर रेग्मीद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा हिउदयाममा हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा हुने उच्च हिमपात र चिसो कारण जनजीवन कष्टकर हुने,हावाहुरीका कारण नागरिक बिरामी पर्ने र यिनैका कारण पदयात्री समेत संकटमा पर्ने जनाईएको छ ।गरिब,बिपन्न,अपर्याप्त पूर्व तैयारी आदीको कमीले चिसो र हिमपातको समस्या जटिल बन्न सक्ने स्पष्ट पारिएको छ ।
हिमपात र प्राकृतिक प्रकोपले कतिखेर रोक्न सक्ने र समय समेत निर्धारण नहुने भएकाले यसबाट सुरक्षित रहन उचित समाधानी अपनाउनु पर्ने जनाईएको छ ।मानवीय जोखिम र धनजनको क्षति न्यूनिकरण गर्न जिल्लातह र स्थानीयतहलाई सक्रिय हुन प्रशासनले अनुरोध गरेको हो ।यस्तै स्थानीयवासी सर्वसाधारण नागरिकलाई घर बाहिर र भित्र बस्दा न्यानो कपडा लगाउन,तातोखाने कुरा खान र वालवालिका र ज्येष्ठ नागरिकहरुको रेखदेखमा ध्यान पू¥याउन आग्रह गरेको छ।
२०७१ सालमा भएको हिमपातका कारण वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको तिरीमा जनजिवन कष्ठकर भएको थियो ।सो समय हिमताल फुट्दा तिरी गाउनै प्रभावित भएको थियो भने स्थानीयले पालन गरेका चौपायाहरु मरेका थिए ।सोही वर्षनै थासाङको बतासे लेकमा हिमपहिरो जादा टुकुचेका केहीघर धुरीका चौरी पुरिएका थिए ।यस्तै ०७३ सालको हिउदयाममा थासाङको नाउरिकोटमा उत्तरी हावाका कारण आगलागी हुदा केहीघरहरुमा आर्थिक धनजनको क्षति भएको थियो ।
हिमपात ,हावाहुरी र चिसोले पू¥याउन सक्ने असर र संम्भावनाबाट जोगिन पहिलो पटक जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती मार्फत सचेत गराएको हो ।
्र