राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिकाको दोस्रो भेलाले विष्णु पुरीको अध्यक्षतामा १३ पूर्ण र ४ वैकल्पिक सदस्यसहित १७ सदस्यीय पोखरा महानगरपालिका समिति गठन गरेको छ ।
उपाध्यक्षमा प्रविण पौडेल, सचिवमा हरिबहादुर खत्री, सहसचिवमा रामप्रसाद शर्मा र कोषाध्यक्षमा लक्ष्मी कुँवर र सदस्यमा मिनालक्ष्मी आचार्य, गंगबहादुर थापा, सपना बराल, देवीलाल कँडेल, सावित्री जि.सी., विष्णु वि.क., टीकाराम पाठक र प्रेम वि.क. छन् ।
वैकल्पिक सदस्यमा प्रेम गायक र बाँकी ३ स्थानमा बैठकले चयन गर्नेछ । माओको १२६औं जन्म दिवस पारेर भएको भेलामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले माओले विश्व कम्यूनिष्ट आन्दोलनमा पारेको प्रभाव विशेष गरी चिनिया मोडलमा सन् १९४९ मा सम्पन्न नयाँ जनवादी क्रान्तिको बारेमा स्पस्ट पारेका थिए ।
भेलामा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रय सदस्य तथा कास्की जिल्ला अध्यक्ष सन्तोष पौडेल, अखिल नेपाल युवक संघका केन्द्रय सदस्य तथा कास्की जिल्ला अध्यक्ष विक्रम थापा, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, रक्तिम साँस्कृतिक अभियान कास्कीका सचिव दीपा थापा, राष्ट्रिय जनमोर्चा कास्कीका उपाध्यक्ष चन्द्रबहादुर के.सी., अखिल नेपाल महिला संघ कास्कीका उपाध्यक्ष जमुना खत्री, जातीय समता समाज कास्कीका अध्यक्ष विष्णु वि.क. अन्टुक कास्कीका अध्यक्ष मोहन थापा, पूर्व अध्यक्ष तथा राजमो कास्कीका सस्लाहकार मदनमुरारी घिमिरे र राजमो कास्कीका सचिव आकाश गौतमले लगायतले बोलेका थिए ।
विष्णु पुरीको सभापतित्वमा भएको भेलामा स्वागत मन्तव्य प्रवीण पौडेल र सञ्चालन दीपक गुरुङले गरेका थिए ।