मुस्ताङको ५ स्थानीयतह मध्ये स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ गाउपालिकाका स्थानीय किसानलाई सोमबार स्याउ बगैचामै कटिङ तथा स्याउ खेति संम्वन्धि एक दिने तालिम दिईएको छ ।वर्षेनी हिउदयामको पुस देखि माध २ महिना यहाका किसानले आ–आफ्नो बगैचामा स्याउ कटिङ गर्ने चलन छ ।
स्याउ बिरुवा रोपेको दोश्रो वर्ष देखि र फल लाग्ने स्याउ बोटहरुको पात पूर्ण रुपमा झरिसकेपछि स्याउ बोटको हागाहरु कटिङ गर्ने गरिन्छ ।हिउदयामको यही समयमा स्याउ बोटको पातहरु झर्ने भएकाले पुस र माघ महिनालाई उपयूक्त स्याउ कटिङको सिजन मानिएको वरिष्ठ शितोष्णवागवानी बिकास अघिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।उनले स्याउ कटिङको ज्ञान प्राप्त नगरी हुबहु स्याउ कटिङ गर्दा उत्पादन क्षमतामा कमी हुने उल्लेख गरे ।
स्याउ बगैचामा बोटहरुको कटिङ गर्ने शिक्षा प्राप्त नगर्दा जिल्लाका कतिपय किसानहरुले अपेक्षा अनुसारको स्याउ उत्पादन गर्न सकेका थिएनन् ।स्थानीय किसानलाई स्याउ कटिङ संम्वन्धि तालिम दिएर फुर्सदिलो समयमा व्यवसायिक बनाउने उद्देश्यले घरपझोङ गाउपालिका ४ को कृष्णगण्डकी कृषक समूहले स्याउ कटिङ तालिमको आयोजना गरेको हो ।यसलाई घरपझोङ गाउपालिकाले समन्वय गरेको हो भने, शितोष्ण वागवानी बिकास केन्द्र मार्फाले प्राविधिक सहयोग गरेको संस्थाका अध्यक्ष राजेन्द्र शेरचनले बताए ।उनले स्थानीय किसानहरुलाई फिल्डमै पुगेर तालिम उपलब्ध गराईएको जानकारी दिए ।अध्यक्ष शेरचनका अनुसार एकदिने तालिममा किसानहरुले स्याउ कटिङ गर्ने बिधि र बिषाधी औषधी कसरी प्रयोग गर्ने भन्नेबारेमा लाभान्वित भएको उल्लेख गरे ।
तालिममा वागवानीका बरिष्ठ बागवानी बिकास अधिकृत बालकृष्ण अधिकारी,स्याउ बगैचा व्यवस्थापन र स्याउ प्रशोधन संम्वन्धि वागवानीमा २० वर्ष अनुभव प्राप्त खैरे बुढा मगर र गाउपालिकाकी नायब प्राविधिक सहायक बिष्णु भट्राईले तालिम दिएका थिए ।सो अवसरमा उनीहरुले किसानलाई स्याउ कटिङ गर्ने बिधि र तरिकाका बारेमा जानकारी गराएका थिए ।तालिममा ३२ जना सहभागि किसानले स्याउ कटिङ गर्ने तरिकाबारे जानकारी लिएको गाउपालिकाकी प्राविधिक बिष्णु भट्राईले बताईन् ।
तालिम प्रशिक्षणमा किसानलाई स्याउ कटिङका विभिन्न तरिकाबारे जानकारी गराईएको हो ।बिरुवा रोपेको दोश्रो वर्षमा स्याउ कटिङ गर्ने ।स्याउ कटिङ गर्दा जमिनबाट २ फिट भन्दा माथि मात्र हागा राख्ने आदी बारे प्राविधिक टोलीले जानकारी गराएका थिए । स्याउ कटिङ गर्दा स्याउका हागा राख्दा चारैदिशा फैलिने गरी कटिङ गर्नुपर्ने,चारै दिशा नभए जुटको डोरीले जमिनमा किलो गाडेर हागालाई नियन्त्रणमा राख्नुपर्ने,कटिङ गर्दा भएका ठुला ठुला घाउहरु बोडो पेष्ट बनाएर लगाउने,कटिङ गरिएका हागा र ठुटाहरुको व्यवस्थापन गर्ने,फल फल्ने छोटा मुना (स्परी)हरु नहटाउने,कटिङ गरेपछि पुरै बोट भिज्नेगरी बोडो मिश्रण स्प्रे गर्ने र काटेका ठुला घाउ र फेदमा बोडो पेस्ट बनाई लगाउने शिक्षा सहभागि किसानलाई दिईएको थियो ।स्याउ बिरुवाको हेरचाह र उत्पादनमुखी बनाउन स्याउको कटिङ र प्रकोप नियन्त्रणमा ध्यान पु¥याउनु पर्नेबारे सहभागि किसानले शिक्षा हासिल गरे ।
बागबानी केन्द्रका बरिष्ठ अधिकृत अधिकारीले मुस्ताङमा ६ किसिमका प्रकोप देखिएको जानकारी दिए ।उनका अनुसार स्याउका बोटहरुमा स्याउको भुवादार लाई प्रकोप,पाल बनाउने झुसिल्किरा,स्याउमा लाग्ने रातो सुल्सुले,जिजिनामथ र लिफ्ट फोल्टर प्रकोप हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत मुस्ताङका ५ वटै स्थानीयतहलाई स्याउ जोनमा सुचिकृत गरिएको हो ।स्याउको राजधानीले चिनिएकोे मुस्ताङमा स्याउ उत्पादनको मुख्य केन्द्र मार्फालाई लिने गरिएको छ ।जलवायू परिवर्तनका कारण उपल्लो मुस्ताङमा पनि स्याउ उत्पादनमा प्रगति भएको स्याउ जोनका सूचना अधिकारी शिवपुजन गुप्ताले जानकारी दिए ।