ड्राइभिङ सिकाउने विश्व विद्यालय आवश्यक

गण्डकी प्रदेसमा सदस्य प्रभा कोइरालाले सवारी चलाउन सिकाउन ड्राइभिङ विश्वविद्यालय आवश्यक भएको बताएकी छन् । पोखरामा शनिबार ड्राइभिङ स्कुल संघ स्कुल संघ, गण्डकीले आयोजना गरेको स्वास्थ्य शिविरमा यस्तो हुन् । सवारी दुर्घटना न्यूनीकरणको उपाय गुणस्तरीय सवारी शिक्षा भएको उनले उल्लेख गरिन् ।

अब स्कुलका पाठ्यक्रममा पनि ड्राइभिङ शिक्षा आवश्यक भएको उनले धारणा राखिन् । यातायात व्यवस्था कार्यालय गण्डकी, सवारी चालक अनुमतिपत्र कार्यालयका निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलले अहिले लाइसेन्स लिने सोचमा परिवर्तन आएको बताए । अहिले सवारी राम्ररी सिक्नुपर्छ भन्ने मानसिकता परीक्षा प्रणाली र नयाँ सिष्टमका कारण विकास भएको उनको दाबी छ ।

ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्ष उमेश सिकेले अहिले सरकारले सवारी चलाउन सिक्ने कुरालाई बढावा दिनुको साटो व्यवसायीलाई निरुत्साहित गरिरहेको आरोप लगाए ।कार्यक्रममा शान्ति वाटिका टोल विकास संस्थाका अध्यक्ष बलराम पहारी, शान्ति दर्शन महिला समूहका अध्यक्ष दिलमाया गुरुङ, राजन फर्माका सन्चालक राजन श्रेष्ठ लगायतले बोलेका थिए ।

संघले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा २ सय जनाले मधुमेह, ब्लड प्रेसर जाँच गराइएका थिए । सोही कार्यक्रममा भएको रक्तदानमा ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक डिल्लीराम पौडेलले जानकारी दिए ।