सञ्चारिका समूह गण्डकी प्रदेशको पाँचौ अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा १७ सदस्सीय समिति सर्वसम्मत चुनेको छ । समितिको उपाध्यक्षमा राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा र कोषाध्यक्षमा उमा आलेमगर छन् ।
सदस्यमा रोशनी गुरुङ, तारा चापागाइ दुवे, पुनम मगर, दुर्गा रानामगर, कविता घर्तीमगर, सोनिया लामा, जयन्ती श्रेष्ठ चयन भएका छन् । गोरखा, तनहुँ, लमजुङ, पर्वत र स्याङजाका अध्यक्षलाई प्रदेश सदस्यमा राखिएको छ ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले पत्रकार महिलाको क्षमता अभिवृद्धि, हक हित संरक्षण गर्ने प्रतिवद्धता गरिन् ।
शनिबार भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनीतिक परिवर्तनमा सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेको बताइन् । उनको अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ र राजीव पहारीले महिला हक अधिकारसँगै उनीहरूले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिए ।
सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठलगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता जरुरी भएको विचार राखे ।