हिमाली जिल्ला मुस्ताङमा समूदाय–प्रहरी साझेदार समिति गठन भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको पहलमा उच्चस्तरिय समिति गठन भएको हो ।घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा शुक्रबार बसेको भेलाले प्रारम्भिक जिल्ला समिति गठन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको संयोजकत्वमा १५ सदस्यीय समूदाय–प्रहरी साझेदारी जिल्ला समिति गठन भएको हो ।समितिको उपसंयोजकमा प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का रहने छन्।यस्तै, जिससकी प्रमुख छिरिङ ल्हामो गुरुङ र घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीलाई समितिको संरक्षकको जिम्मेवारी तोकिएको छ ।
समूदायका तर्फबाट जिल्ला समिति सदस्यहरुमा महिला बिकास निरीक्षक सरिता थकाली,नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली,उद्योग बाणिज्य संघबाट जयन्द्रलाल थकाली,पत्रकार महासंघबाट सुन्दरकुमार थकाली,आईतलाल थकाली ,तिलक बिक,भीमबहादुर रसाईली,सुरेश शेरचन ,सुकबहादुर बिक,दिपक लालचन,राजु लालचन र मोहनसिंह लालचन छन् ।
प्रहरी सेवालाई चुस्त,भरपर्दो र पारदर्शी बनाउन समूदाय प्रहरी साझेदारी अभियान सुरु भएको हो ।नेपाल सरकार गृहमन्त्रालयको मातहतमा प्रहरी प्रधान कार्यालये मुलुकभरका ७७ वटै जिल्लामा यसप्रकारको समिति गठन गठनका लागि जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन गरेको हो ।
जिल्ला स्तरिय समितिले प्रत्येक स्थानीयतह,वडा , टोल र बिद्यालय स्तरिय समितिलाई राय सुझाव र आवश्यक निर्देशन गर्ने तथा कानुन कार्यान्वयनमा शहजीकरणको भूमिका निर्वाह गर्ने नव गठित समितिका संयोजक सिडियो गंगाबहादुर क्षेत्रले जानकारी दिए ।यस्तै समितिले शान्ति सुरक्षाका अलावा जिल्लामा हुनसक्ने बिपत्का घटनाहरुको रोकथाम तथा व्यवस्थापनमा समेत शहजीकरण गर्ने सिडियो क्षेत्रीको भनाई छ ।
उपसंयोजक डिएसपी महेन्द्र खड्काले समूदाय प्रहरी साझेदारी निर्देशिका बमोजिम समितिले कार्यसम्पादन गर्ने बताए । निर्देशिका अनुसार अनुसुचिक क मा भएका १४ बुदाँ र अनुसुचि ख मा भएका ९ वटा बुदामा रहेर जिम्मेवारी तोकिएको हो ।
साझेदारी समिति गठन भए पश्चातः हिउदयामको चिसोका कारण फागुन देखि काम कर्तव्य र दायित्व ग्रहण गर्ने सहमती भएको छ ।यसअघि ३ वटा गाउपालिकामा स्थानीयतह स्तरको समिति गठन भएको हो ।समितिले वडा र टोल समिति गठन गर्न पाउने व्यवस्था गरिएको छ ।
माईनस डिग्री तापक्रम र उपल्लो मुस्ताङमा बस्ती बिहिन भएकाले गर्मीयाममा मात्र समिति गठन गर्ने उपसमिति सयोजक खड्काको भनाई छ ।उनले जिल्ला समितिले २ वर्षको २ पटक पालिका स्तरिय सामूदायिक कार्यक्रमको स्थलगत अनुगमन गर्ने र जिल्लाका संघसंस्था र नागरिक संग मासिक अन्तरक्रिया तथा सुझाव संकलन गर्ने डिएसपी खडुकाले जनाए ।