
समून्द्री सतहदेखि करिव ३ हजार ५ सय मिटर अग्लो उचाईमा अवस्थित ओझेलमा परेको गाउ हो चिमाङ ।यो बस्ती स्थान्तरण भएको झन्डै ३ सय पुरानो मानिएको छ । बस्तीका वासिन्दाले सताब्दीयौपछि पहिलो पटक घरदैलाृेमै स्वास्थ्य सेवा पाएका छन् ।बिहिबार देखि स्वास्थ्य ईकाई गाउमा स्थापना भएको हो ।सेवापछि चिमाङका स्थानीयले गाउमै स्थानीय सरकार आएको बताएका छन् ।
यसअघि सामान्य जरो र रुघाखोकी लाग्दा औषधि खोज्न सदरमुकाम जोमसोम अस्पताल भौतारिनु पर्ने चिमाङवासीको बाध्यतालाई स्वास्थ्य ईकाईले पुरा गरेको हो ।बस्ती बसेको ३ सय वर्ष सम्म चिमाङमा कुनै स्वास्थ्य सेवा प्रवाह हुन सकेको थिएन ।घरपझोङ गाउपालिकाले चिमाङ–छैरो वडालाई बिनियोजन गरेको ३ लाख ५० हजारबाट स्वास्थ्य ईकाई सेवा संञ्चालन गरिएको वडाअध्यक्ष आईतप्रसाद थकालीले जानकारी दिए ।उनले चिमाङवासीको वर्षदेखिको सपनामा यसप्रकारको सेवाले पुरा गरेको उल्लेख गरे ।‘सामान्य बिरामी पर्दा हिडेरै सदरमुकाम जोमसोम अस्पताल धाउन बाध्य थियौ,अब घरकै दैलोमा स्वास्थ्य सेवा सुरु गर्न सफल भयौ,’वडाअध्यक्ष थकालीले भने,‘यसको संरक्षण र स्तरोन्नति गर्ने दायित्व हामै काधँमा छ ,सरकारले पनि चिमाङवासीलाई संम्वोधन गरेर कर्मचारीको खटन पटन र पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ ।’
वडाले सानो एउटा छाप्रोमा स्वास्थ्य ईकाई कार्यालय स्थापना गरेको हो ।वडाले बिनियोजन गरिएको बजेटबाट ८१ हजार बराबरको औषधि खरिद गरिएको र सोही बजेटमा एक महिला अनमीलाई तलब भत्ता उपलब्ध गराउने स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए।‘गाउपालिकाका सबै वडा र गाउमा स्वास्थ्यको पहुच पुगेको छ ,चिमाङ कुनै स्वास्थ्य सेवा उपलब्ध थिएन,’भावुक हुदै कर्णबहादुर थकालीले भने,‘यहाँ स्वास्थ्य सेवा हुनुपर्छ भन्ने सपना थियो,यसको क्रमिक स्तरोन्नति हुने आशा गर्छु ।’उनले स्वास्थ्य ईकाईका लागि बेड र दराज लगायतका सामाग्री अपुग भएको जनाए ।
बिहिबार चिमाङ स्वाथ्य ईकाईको पूर्व सांसद एवं जोमसोम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले उद्घाटन गरे ।अध्यक्ष गुरुङले गाउपालिकाद्धारा वडास्तरिय बजेट सुरु गरिएको सेवामा स्थानीयले समेत अपनत्व लिनु पर्ने बताए । प्रदेश सरकारले स्वास्थ्यको पूर्वाधार बिकासमा लगानी गर्ने आश्वासन पाएको उल्लेख गर्दे गुरुङले निकट भबिष्यमै स्वाई इैकाईले पूर्णता पाई स्थायी ईकाईका रुपमा बिस्तार हुने अपेक्षा जनाए ।
गाउपालिका अध्यक्ष आशबहादुर थकालीले गाउपालिकाले शिक्षा र स्वास्थ्यक्षेत्रमा जोड दिएको बताए ।उनले जनताको स्वास्थ्य सेवाबाट बिमुख हुन नपरोस् मान्यता सहित स्थानीयतहले प्राथमिक उपचार ईकाई सुरुवात गरेको जनाए ।उनले जोमसोम अस्पतालले बृहत सुविधा संम्पन्न अस्पतालको रुपमा बिकास गर्न कटिबद्ध रहेको उल्लेख गरे ।उपाध्यक्ष शर्मिला गुरुङले स्वास्थ्य ईकाई सेवा प्रारम्भिक सुरुवात भएको बताईन् ।चालु वर्ष गाउपालिकाले २९ लाख बजेट बिनियोन गरेको सुनाईन् ।‘निकै संम्भावना बोकेको गाउ हो,नआक्तिनुस् बिस्तार गाउमा सरकारको उपस्थिती हुने क्रम सुरु भएको छ ,’उपाध्यक्ष गुरुङले भनीन्,‘पूर्वाधारको खोजी गनुस्,,योजना बनाउनुस् ,गाउपालिका लगानी गर्न तैयार छ ।‘उनले गाउपालिकाकै सुन्दर बस्तीको रुपमा चिमाङ रहेको उल्लेख गरिन् ।कार्यक्रम भीम रसाईली,ईन्द्रबहादुर थकाली र वडाअध्यक्ष आईतप्रसाद थकालीले सानो आकारको स्वास्थ्य ईकाइलाई बिस्तार गर्दे लैजानुपर्ने जिकिर गरे ।
बेनी–जोमसोम सडकखण्ड देखि करिव १ घण्टाको दुरीमा रहेको चिमाङ बस्तीमा करिव २४ घरधुरी छन् ।जसमा १४ घरधुरी थकाली र १० घरधुरी दलित समूदायको बस्ती छ ।यहाका अधिकाँश स्थानीय कृषि पेशामा आश्रित छन् ।भिरालो जमिनको सतह,पर्याप्त सिचाईको व्यवस्था ,राम्रो खेतीयोग्य उर्वरभुमी चिमाङमा स्याउ लगायत विभिन्न तरकारी खेतिले प्रसिद्ध छ ।यही बस्ती हुदै राउन्ड अन्नपूर्ण पदमार्ग म्याग्दीको पैरोथाप्ला पुग्न सकिन्छ ।स्थानीयतहले चालुवर्षको बजेटमा पदमार्गमा फलामे रेलिङ राखेको छ ।
चिमाङ आमा समूहकी अध्यक्ष सुकमाया बिकले गाउमा सिंहदरबारको उपस्थिती हुन लागेको बताईन् ।उनले वर्षौ देखि चिमाङबासीले अनेकन दुखकष्ठ झेल्दै आएको उल्लेख गरिन् ।गाउपालिकाका १ दर्जन गाउ मध्ये चिमाङ प्राकृतिक श्रोत साधनले धनी भएपनि बिकासका दृष्ट्रिलेपछि परेको दुखेसो सुनाईन् ।
स्थानीय बिजय थकालीले चिमाङ गाउमा बिज्ञको अनुसन्धान र सडकयात्राबाट आजित भएका पर्यटकलाई चिमाङ सम्म डोहो¥याउने दावी गरे ।उनले गाउको पर्यटन पर्वद्धन गर्न गुरुयोजना बनाउने तैयारी भईरहेको जानकारी दिए ।