शैक्षिक परामर्शदाताको भेलाले स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकोन) गण्डकी प्रदेश समिति गठन गरेको छ । शैक्षिक परामर्श दिँदै आएका कास्की, स्याङ्जा, म्याग्दी, तनहँुमा सञ्चालित २५ भन्दा बढी शैक्षिक परामर्श संस्था भेलामा सहभागी थिए ।
भेलाले अध्यक्षमा जागृत भट्टराई चयन गरेको छ । प्रथम उपाध्यक्ष सुनील पराजुली, द्वितीय उपाध्यक्ष सुजन बस्नेत, महासचिव बलराम तिमिल्सिना, सचिव विश्वप्रकाश भुषाल, कोषाध्यक्ष सञ्जय सुवेदी र सदस्यहरु राजु गौतम, पुष्पराज तिमिल्सिना र नन्द पाइजा पुन छन् ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय दीपक सिलवाल र पवन मैनाली, सचिव राजु निरौला, कोषाध्यक्ष इन्द्र लामा लगायतले बोलेका थिए ।