फुर्सद

कस्तो बन्ला चपली हाइट ३ ?

नेपाली सिनेमा उद्योगमा पनि यतिबेला सिक्वेलको बाढी नै आएको छ । एउटा फिल्म चलेपछि त्यसैको ब्राण्ड प्रयोग गर्दे निर्माता निर्देशकहरु दर्शकहरुलाई हलसम्म तान्ने युक्तिको रुपमा सिरिजमा फिल्म बनाईरहेका छन् । यसैक्रममा करिब ५ बर्ष अगाडी बनेको फिल्म चपली हाईटको पनि सिरिजको रुपमा तेस्रो पार्ट बन्ने भएको छ । सुरुवाती दिनमा बोल्ड दृश्य र कथाबस्तुको कारण केही बिवादमा आएको चपली हाईट ले पैसा भने राम्रोसंग छापेको थियो । सोही अभिलाषामा निर्माता… पुरा पढौ

काहुँ धरहरा महोत्सवमा ६५ हजार दर्शक

जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा भएको काहुँ धरहरा महोत्सव सकिएको छ । १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव ६५ हजारले हेरेको आयोजकले जनाएको छ । आइतबार महोत्सव समापन समारोहमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायबाट आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने उनले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय… पुरा पढौ

“कन्डम होइन, सेक्स टोय बाँड”

 मिस पूर्वाञ्चलको नवौं संस्करण चलिरहेको छ । पुष १४ गते ग्राण्ड फाइलनमा सहभागी हुनुपूर्व आफ्ना प्रतिभाहरू देखाइरहेका छन् । यस क्रममा शनिबार मिस पूर्वाञ्चलका १४ सुन्दरीले ‘पेप्सी मिस ट्यालेन्ट’ मा बलात्कारप्रति तीव्र आक्रोस पोखे । सरकारलाई उनीहरूले ‘कण्डम होइन, सेक्स टोय’ वितरण गर्नका लागि सुझाव दिए । १४ सुन्दरी स्पर्धीमध्येकी एक रुसाली केसीले सरकार यहा एचआइभी बढिरहेको छैन, यहा बलात्कार बढिरहेको छ, त्यसैले कण्डम हैन यहा सेक्स टोय वितरण गर्… पुरा पढौ

पोखराको उधौलीमा साकेला र च्याब्रुङ

पूर्वबाट पोखरा आई बसोबास गर्ने किराँतहरुले शनिबार उधौली मनाए । किराँत सेवा समाज कास्कीले पोखरामा उधौली पर्व मनाउने अवसर मिलाएको हो । नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीले आदिवासी जनजातिको पहिचान र संस्कृतिको संरक्षणका लागि सक्दो सहयोग गर्ने बताइन् । पूर्वमा बसोबास गर्ने किराँत समुदायले पश्चिम पोखरामा रहेर पनिसंस्कृतिलाई जोगाउने उद्देश्यले कार्यक्रम गरेकोमा धन्यवाद दिइन् । चौधरीले आदिवासी जनजाति पछिल्लो क्रममा रमाइलोमा भुल्ने क्रम बढ््दो भएकोमा चिन्ता व्यक्त गरिन् ।… पुरा पढौ

भूपी काव्य पुरस्कार तीर्थलाई

कवि तीर्थ श्रेष्ठलाई यसपालिको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । भूपी शेरचनको ८३ औं जन्मजयन्तीको अवसरमा श्रेष्ठलाई मंगलबार हुने समारोहमा पुरस्कृत गरिनेछ । पुरसकार राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला छ । २०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपी शेरचनसँग संगत पनि गरेका थिए । उनै भूपीको जन्मजयन्तीको अवसर पारेर श्रेष्ठलाई सम्मान गर्न लागिएको समितिका अध्यक्ष शिवशंकर गौचनले बताए । कवि श्रेष्ठले… पुरा पढौ

तामाङ सुन्दरी माघमा छानिने

मिस तामाङ पोखराको चांैथो संस्करण माघ १२ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्छ । तामाङ समुदायका नारीको अन्तरनिहीत प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । सहभागीहरुलाई तामाङ भाषा, संस्कृति र संस्कारका विषयमा पनि प्रशिक्षण दिइने भएकाले यो विशुद्ध सांस्कृतिक… पुरा पढौ

आज योमरी पूर्णिमा र उधौली

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा… पुरा पढौ

रवि ओड : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन निष्फल यो चर्चित र यथार्थपरक कवितांश शुक्रबार १ युवामा लागू भयो । निम्न वर्गीय परिवारबाट कहाललाग्दो जीवन भोगेका १ युवाले लोभलाग्दो ताजमात्र पाएनन्, केही हदमा जीविका नै परिवर्तन हुन सक्ने रकम र व्यक्तित्व पनि बनाए । यस्ता धुरन्धर युवा हुन रवि ओड । रविले शुक्रबार साँझ भएको चर्चित गायन रियालिटी सो दोस्रो नेपाल आइडल उपाधि जितेका छन् । भारतमा… पुरा पढौ

जयगान : भूतको राज्यमा मान्छेको कथा !

पोखरेलीले शुक्रबार फरक स्वादको नाटक हेरे । चीसो दिनमा पोखरा उद्योग वाणिज्य संघको हलमा पुगेका रंगप्रेमीको मन नाटकको आरम्भमै थप चिसियो । अन्धकार रंगमञ्चमा कुनै भावभूमिका बिनै एकाएक राक्षसहरु पो देखिए । लास रोपेर, लास फुलाएर, फलाउने भूतमार्फत पछिल्लो समय भत्किँदै गएको मानवतामाथि कलाकारले कडोर व्यंग्य प्रस्तुत गरे । गत वर्ष गठन भएको ओथेलो नाटक समूहले यो नाटक मञ्चन गरेको हो । नाटक शनिबार पनि प्रदर्शन हुँदै छ । नाटकमा… पुरा पढौ

‘लिलिबिली’ का निर्माता शाही बर्खास्त

लिलिबिली फिल्मका निर्माता एवं बितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ । संघका महासचिव रोज राणाले यस कुराको पुष्टी गर्दे उनलाई पदबाट बर्खास्त गरिएको बताए । शाहीले संघको विधि र विधान विपरित काम गरेको आरोप लगाईएको छ । केही समयदेखि कुटपिट लगायतका बिवादमा पनि पर्दे आएका शाही नियमित बैठकमा तीन पटक उपस्थित नभए विधानअनुसार बर्खास्त गरिएको हो । शाहको बर्खास्तीको बारेमा राणा भन्छन् “उहाँ संघको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं