ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन निष्फल
यो चर्चित र यथार्थपरक कवितांश शुक्रबार १ युवामा लागू भयो । निम्न वर्गीय परिवारबाट कहाललाग्दो जीवन भोगेका १ युवाले लोभलाग्दो ताजमात्र पाएनन्, केही हदमा जीविका नै परिवर्तन हुन सक्ने रकम र व्यक्तित्व पनि बनाए ।
यस्ता धुरन्धर युवा हुन रवि ओड । रविले शुक्रबार साँझ भएको चर्चित गायन रियालिटी सो दोस्रो नेपाल आइडल उपाधि जितेका छन् । भारतमा चौकीदारी गर्ने बाबुका छोरा रवि नेपाल आइडलमा आउनुअघि दोहोरी साँझमा गाउथे ।
२०५४ मा कञ्चनपुरको कृष्णपुरमा जन्मिएका उनले सानैमा आमा गुमाए । कञ्चनपुरमा उनको घरसम्म छ तर, गरिखाने जग्गा छैन ।
गर्जाे टार्न बाबुलाई सघाउन उनले दोहोरीमा गाउन थालेका हुने । उनी धनगढी अडिसनबाट आएका हुन् । उनी लोकदोहोरी, पप हिन्दी, पप सबैजसो गीत भित्रैबाट गाउँछन् । उनी जति मीठो गीत आउँछन्, उनी अवस्था भने त्यस्तै नमिठो थियो ।
१२ वर्षकै उमेरमा मजदुरी गर्न भारत पनि पुगेका उनी २०७० सालको चुनावमा म्यादी प्रहरी पनि भए । २०५४ मा कञ्चनपुरको कृष्णपुरमा जन्मिएका उनले सानैमा आमा गुमाए । कञ्चनपुरमा उनको घरसम्म छ तर, गरिखाने जग्गा छैन । उनका बाजे देउडा गाउथे ।
भोट र निर्णायकको छनोटको आधारमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा कञ्चनपुरका रवि ओड फाइनलमा पुगेका थिए । भोटको आधारमा ओड विजेत बनेका हुन् ।
उनले उपाधिसँगै २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाएका छन् । उनले भने, मसँग शब्द छैन । हामी चार नै विजेता हो यो नेपाल आइडलको ।’
बिक्रम पहिलो रनअप
प्रतियोगितामा गोल्डेन माइक विजेता बिक्रम नेपाल अडिसन दिनुअघि विदेशिने सोचमा थिए । अब अहिले उनले गीतसंगीतमै भविष्य देखेका छन् । पहिलो नेपाल आइडल बुद्ध लामा पनि पोखराकै हुन् ।
झापाका सुमित पाठक र अस्मिता अधिकारी क्रमशः दोस्रो र तेस्रो रनर अप बनेका छन् ।