कस्तो बन्ला चपली हाइट ३ ?

नेपाली सिनेमा उद्योगमा पनि यतिबेला सिक्वेलको बाढी नै आएको छ । एउटा फिल्म चलेपछि त्यसैको ब्राण्ड प्रयोग गर्दे निर्माता निर्देशकहरु दर्शकहरुलाई हलसम्म तान्ने युक्तिको रुपमा सिरिजमा फिल्म बनाईरहेका छन् ।

यसैक्रममा करिब ५ बर्ष अगाडी बनेको फिल्म चपली हाईटको पनि सिरिजको रुपमा तेस्रो पार्ट बन्ने भएको छ । सुरुवाती दिनमा बोल्ड दृश्य र कथाबस्तुको कारण केही बिवादमा आएको चपली हाईट ले पैसा भने राम्रोसंग छापेको थियो ।

सोही अभिलाषामा निर्माता अर्जुन कुमारले चपली हाईट २ पनि बनाए तर फिल्म सफल हुन सकेन । यही फिल्मबाट आयुषमान देसराज जोशी र परमिता राणाले सिनेमा क्षेत्रमा डेब्यु गरेका थिए । चपली हाईट २ असफल रहे पनि चपली हाईट ३ का लागि निर्माता अजुर्न जुटिसकेका छन् ।

सुरुवाती दिनमा बोल्ड दृश्य र कथाबस्तुको कारण केही बिवादमा आएको चपली हाईट ले पैसा भने राम्रोसंग छापेको थियो ।

फिल्ममा यस पटक चलेका कलाकारहरु लिने सोच उनले बनाएका छन् । यसबारेमा जानकारी दिँदै अर्जुन भन्छन् “यसपटक स्टार कलाकार लिँदैछु । को हुन्छन् भन्ने चाहिँ अहिले पक्का भएको छैन” ।

दोस्रो सिरिजलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । के तेस्रो सिरिजमा उनी दोहोरिन्छन् त यसबारेमा अर्जुन भन्छन् “निर्देशन पनि फाइनल भइसकेको छैन” ।चपली हाईट नेपाली सिनेमाको टे«ड चेन्ज गर्ने फिल्म बनेको थियो ।