फुर्सद

लिटरेचर फेस्टिबलमा मनिषाको आत्मकथा आउने

बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन्… पुरा पढौ

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुग्न सफल

नेपालकी मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप १० मा पुगेकी छन्। नेपालको प्रतिनिधित्व गरिरहेकी देवकोटाले फडको मारेकी हुन । नेपालको प्रतिनिधित्व गरिरहेकी  देवकोटा थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।देवकोटा एसिया प्यासिफिक… पुरा पढौ

सेञ्चुरी ल्होसार मेलाको तयारी पुर्ण

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गइरहेको १७औं सेञ्चुरी ल्होसार मेला २०७५ को तयारी पुरा भएको छ । पुस ५ देखि १० गतेसम्म तमु ल्होसारको अवसर पारी मेलाको आयोजना गर्न गइरहेको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए्का छन् । ‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापनादेखि… पुरा पढौ

राजको नयाँ गीत के भयो र तिमीलाई बजारमा

चर्चित गायक राज सिग्देलको गीत के भयो र बजारमा आएको छ । हाल अमेरीका बसोबास गर्ने देवेन्द्र क्षेत्रीको शब्द रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा अजुन पोख्रेलको संगीत संयोजन छ । म्युजिक भिडियोमा कलाकार मेलिसा खतिवडा, सुदीप पौडेल र पुरुषोतम भारतीले अभिनय गरेका छन् । भिडियो निर्देशन÷छायांकन सरोज अधिकारीले गरेका हुन् भने भीम विश्वकर्माले सम्पादन गरेको भिडियोमा सञ्जीव रत्न शाक्यले रङ संयोजन गरेका छन् । पुरा पढौ

फागुन १७ मा ‘जात्रै जात्रा’ फिल्म नआउने ‘पक्का पक्की’

अन्ततः दुई वर्ष अगाडि प्रदर्शनमा आएको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ फागुन १७ गते नआउने भएको छ । अभिनेता विपिन कार्कीको दाहिने खुट्टा भाँचिएपछि फिल्मको छायांकन प्रभावित भएको थियो । अझै एक महिना अभिनेता कार्कीले सुटिङ ज्वाइन गर्न नसक्ने भएपछि उक्त फिल्म पूर्वनिर्धारित मितिमा नआउने भएको हो ।   ‘प्रदर्शन मिति नजिकिएको छ भनेर हामीले हतारमा काम गर्न चाहेनौँ । फिल्म राम्रो बनाउनका खातिर फागुन १७ मा आउन नसक्ने… पुरा पढौ

सिडी विजय ‘द भ्वाइस अफ नेपाल’

द भ्वाइस अफ नेपाल’ को उपाधि पोखराका सिडी विजय अधिकारीले जितेका छन् । शुक्रबार कतारमा नेपाली समय अनुसार राती १० बजे भएको द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फिनालेमा हास्यकलाकार एवं सामाजिक अभियन्ता धुर्मुस सुन्तलीले अधिकारीलाई विजेता घोषणा गरेका थिए । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी सो ब्याटल राउन्डमा आफ्ना कोचको पहिलो रोजाइमा नपरेका सिडी विजय अधिकारी अन्ततः पहिलो ‘दि भ्वाइस अफ नेपाल’को विजेता बन्न सफल… पुरा पढौ

युट्युबमा आयो ‘बुलबुल’ टिजर

स्वस्तिमा खडकालाई टेम्पो ड्राइभरको भूमिकामा अभिनय गराएर चर्चामा आएको चलचित्र ‘बुलबुल’को टिजर युट्युबमार्फत सार्वजनिक भएको छ । ४५ दिनअघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको ‘बुलबुल’को टिजर पनि अनौठो ढंगबाट आएको छ । चलचित्रको १ दृश्यजस्तो लाग्ने टिजरमा यस अघि चुलबुले भुमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । आगामी फागुन ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र बुलबुलको… पुरा पढौ

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ तयारी

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । भुजेल समाज सेवा समिति, केन्द्रीय समिति र भुजेल चलचित्रकर्मी संघ केन्द्रीय समितिको सक्रियतामा निर्मित उक्त चलचित्र सेवानुङ फिल्म प्रालिको पहिलो प्रस्तुति रहेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही मङ्सीर २९ गतेदेखि पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा उक्त चलचित्रको ‘प्रिमियर सो’ हुने भएको छ । भुजेल समाज सेवा समितिका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले यस चलचित्रले भुजेल जातिको… पुरा पढौ

चर्चित गायन रियालिटी सो खोजि प्रतिभा सिजन-२ अब युट्युबमा

चर्चित रियालिटी सो खोजि प्रतिभा सिजन -२ युट्युब मार्फत सार्बजनिक भएको छ। सन् २०१२ मा नेपाल टेलिभिजन बाट प्रसारित चर्चित गायन रियालिटी शो खोजी प्रतिभाको अब युटुबमा रिलिज गरिएको छ । कार्यक्रमका निर्देशक दिनेश डिसीको आफ्नै अफिसियल युटुब च्यानल Dinesh Dc बाट अपलोड गरिएको छ । सुरेश अधिकारी, राजेश पायल राई, आदि जुरी रहेको कार्यक्रम लाई एसियनपेन्टसले प्रायोजन गरेको थियो । अब हरेक शुक्रवार र शनिवार युटुबमा अपलोड हुने कार्यक्रमको परिक्षणको… पुरा पढौ

रंगमञ्चमा दानव-मानव आमनेसामने

आकाशमा पनि होइन, धर्तीमा पनि होइन, अपरिचित भूमि छ । दानवी स्वभाव र प्रवृत्तिमाथि पात्रहरु लडिरहन्छन् । दुःख भोग्छन्, यातना सहन्छन्, मृत्यु स्वीकार्छन् । तर मानवतालाई विजयी गराउँछन् । यस्तो जटिल र प्रयोगवादी नाटक जयगान पोखरेली रंगमञ्चमा प्रदर्शन हुँदै छ । ओथेलो नाटक समूहले पुस ६ र ७ गते पोखरा उद्योग वाणिज्य संघमा नाटक प्रर्दशनको तयारी गरिरहेको छ । निर्देशन र लेखनमा सिद्धहस्त कृष्ण उदासीको नाटक जयगानलाई यसपालि आशीष अधिकारीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं